Comments Add Comment

दशरथ रंगशालामा फुटबल हेर्न पाँच सय र एक हजारको टिकट

९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा हुने फुटबल खेल हेर्न टिकट दर पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले दशरथ रंगशालामा हुने पुरुष फुटबलका खेल हेर्न साधारण प्याराफिटको ५ सय र भीआईपी प्याराफिटको १ हजार रुपैयाँ टिकट दर तोकिएको जनाएको छ ।

मर्मत सम्भारका लागि लामो समय बन्द भएको दशरथ रंगशाला मर्मतपछि सागमा पहिलो पटक खेल सञ्चालन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment