Comments Add Comment

८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँ

चीनको सांघाईमा एउटा अनौठो घटना भएको छ । त्यहाँ ८ जनाले डिनर खाएबापत एउटा रेष्टुरेन्टले झण्डै ७० लाख रुपैयाँ बराबरको बिल थमाएको छ ।

८ जनाका लागि उक्त रेष्टुरेन्टले ४ लाख १८ हजार २४५ युआनको बिल थमाएपछि त्यसले हंगामा मच्चाएको हो ।

सांघाइस्थित म्यागी रेष्टुरेन्टमा दुबईबाट आएका ८ जना ग्राहकका लागि विशेष रूपमा उक्त डिनर तयार गरिएको थियो । उक्त डिनर तयार पार्नका लागि झण्डै २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको थियो ।

उक्त महँगो बिलको भिडियो नै तयार गरी सोसल मिडियामा सार्वजनिक गरेपछि त्यसले चर्चा नपाउने कुरै भएन । तर विडम्बना त्यो महँगो डिनरले चीनको कानून भने उल्लंघन गरको छ । सम्बन्धित सरकारी अधिकारीहरूले उक्त रेष्टुरेन्टको लाखौंको डिनरका विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

रोचक त के भने कुल २० वटा परिकारका लागि ७० लाखको बिल तयार गरिएको थियो । रेष्टुरेन्टका मालिकले पाहुनाका लागि लाखौं रुपैयाँको डिनर सर्भ गरेको स्वीकारेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment