Comments Add Comment

१५ श्रीमतीसँग सगोलमा बस्ने राजा, उपहारका लागि २ अर्बका कार

राजाहरू धेरै श्रीमती राख्नमा खप्पिस हुन्छन् भन्ने कुरा हाम्रै देशको इतिहास पढ्दा पनि थाहा हुन्छ । हाम्रोमा अहिले राजतन्त्र छैन त्यसैलले बहुपत्नीवाला राजा पनि छैनन् । तर यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् ।

अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्दै आएका छन् ।

अझ रोचक त के भने आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि उनले झण्डै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरेका छन् ।

हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ ।

स्वाजिल्याण्डमा कैयन अनौठा परम्परा अद्यपि चलिरहेका छन् । त्यहाँका राजाले हरेक वर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् र त्यहीँबाटै आफ्ना लागि नयाँ पत्नी छान्दछन् । त्यस्तो नग्न नृत्यमा सहभागी हुनका लागि किशोरीहरूलाई उर्दी जारी ग्रिन्छ र नआउनेलाई कठोर सजाय दिइन्छ ।

हालै राजाले आफ्ना १५ पत्नीहरूका लागि रोल्स रोएस तथा दर्जनौं बीएमडब्लु कारहरू खरिद गरे ।

अघिल्लो वर्ष आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए । यसअघि देशको नाम स्वाजिल्याण्ड रहेकोमा उनले परिवर्तन गरी इस्वातिनी बनाएका छन् । तर अहिले पनि मानिसहरू त्यो देशलाई स्वाजिल्याण्ड नै भनेर चिन्दछन् ।

स्वाजिल्याण्डका राजा अर्बपति धनाढ्य हुन् । उनीसँग झण्डै ३० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । आफ्नै निजी जहाज र निजी विमानस्थल पनि छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment