Comments Add Comment

भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

हामीकहाँ अधिकांश नेता-मन्त्री रोगी छन् । उनीहरुकै उपचारका लागि राज्यको ढुकुटीबाट करोडौं खर्च गरिन्छ । उनीहरु उपचारका लागि भन्दै विदेश सयर गरिरहन्छन् । सामान्य अवस्थामा भोग-विलास र ऐश-आरममा लिप्त हुने र रोग लागेपछि राज्यकोषबाट उपचार गर्ने प्रवृत्तिले जरा गाडेको छ ।

कतिपय मुलुकका नेता-मन्त्री भने आफुलाई सधै स्वस्थ्य, तन्दुरुस्त र फुर्तिलो राख्छन् । ऐश-आरम, भोग बिलास त्यागेर सक्रिय र प्राकृतिक जीवनमा अभ्यस्त हुन्छन् । यस्तै नेता हुन्, भ्लादिमिर पुटिन ।

उनी रुसका राष्ट्रपति मात्र नभई विश्वचर्चित व्यक्तित्व पनि हुन् ।

विश्वका शक्तिशाली व्यक्तिको सूचीमा परेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा आफ्नो शक्तिलाई जसरी सन्तुलित गराएर राखेका छन्, त्यसरी नै उनले आफ्नो शरीरलाई भने सधैं सन्तुलनमा राख्ने गरेका छन् । अमेरिकी पत्रिका फोर्ब्सको सूचीमा ५ पटकसम्म शक्तिशाली सूचीमा परेका उनले परिवारलाई धेरै समय दिन नसक्दा उनकी श्रीमती ल्युडमिलाले उनलाई छाडेपछि उनी अहिले एक्ला छन् ।

सन् २००० देखि कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री बनेर राज्यको कार्यकारी भूमिकामा रहेका उनी दुई दशकदेखि रुसको शक्तिशाली राष्ट्र प्रमुख र सरकार प्रमुख समेत बनेर बसे । सन् २०१३ मा ल्युडमिलासँग सम्बन्ध बिच्छेद भएपछि उनी अहिले एक्लै छन् । ल्युडमिलासँग पुटिनको १९८३ मा पहिलो विवाह भएको थियो ।

पुटिनकी छोरीहरु क्याटि्रना तथा मारिया करिब ३२ वर्षका भएका छन् । यी दुबै छोरीहरु राजनीतिलाई रुचाउने खालका छैनन् । त्यसैले पनि हुन सक्छ उनीहरुलाई कहिलैपनि सार्वजनिक कार्यक्रममा भेटिँदैन । ल्यूडमिलासँग सम्बन्धविच्छेद भएपछि पुटिनको जिन्दगीको विषयलाई लिएर धेरै सवालहरु उठ्ने गरेका थिए ।

व्यक्तिगत जीवन

पुटिनको व्यक्तिगत जीवनलाई हेर्दा सामान्यतया कूटनीतिक र शालीन स्वभावको देखिन्छन् राष्ट्रपति पुटिन । उमेरले ६७ वर्षको भएपनि न त पुटिन देख्नमा बुढेशकाल लागेको जस्ता देखिन्छन् न त उनको शरीरले नै उनलाई बुढो भएको जनाउँछ । नियमित अभ्यास र खानपानको कारण पुटिन सधैं तन्नेरी देखिने गर्छन् ।

पुटिन आफैंमा व्यायाममा धेरै रुचि राख्ने व्यक्तिमा पर्छन् । पुटिनको दैनिक तालिकामा बिहान ढिलो गरी सुरुहुन्छ । उनी उठ्ने समय दिउँसो नै हुन्छभन्दा हुन्छ । उठे लगत्तै उनको धेरै समय व्यायामको लागि खर्च हुने गर्छ । आफ्ना निकटस्थहरुसँग बिहानी बि्रफिङ र धेरै व्यायामहरुसँगै सुरु हुन्छ उनको दैनिकी ।

सन् २०१४ मा न्यूजविकका पत्रकार बेन यहूदाले पुटिनको प्रोफाइल तयार पारेका थिए । सन् २००० देखि हालसम्म सत्ताको बागडोर सम्हालेका पुटिनको जीवनशैली भने अरुको जस्तो सामान्य र परम्परागत छैन । खानामा भ्लादिमिरको अचम्मको बानी छ । शहरभरीमा अभद्र व्यवहार गर्ने कुकुरहरुलाई उनी देखि सहँदैनन् । त्यस्ता कुकुरको मासु र कोयलको अण्डा अत्यधिक रुचाउने गर्छन् उनी ।

पुटिन अरुजस्तो बिहान नै उठेर तयार हुने खालका राष्ट्रपति होइनन् । उनी दिउँसो मध्याहृन अघि उठ्छन् र अरुले लन्च लिने बेलामा बिहानको खाजा खान्छन् । बिहानको खाजामा उनी सामान्यतया ठूलो अम्लेट ठूलै भाँडोमा हालेर खान रुचाउँछन् । जसमा अण्डाको साथमा फलफूलको रस पनि मिसाउनु पर्छ ।

उनी आफैं एकचोटी आˆनो खाना सिध्याइसकेपछि उनी कफी पिउने गर्छन् । बिहानको खानापछि उनको दैनिकी व्यायामसँगै सुरु हुन्छ । न्यूजविकले तयार पारेको रिपोर्ट अनुसार पुटिन दैनिक दुई घण्टा पौडी खेल्ने गर्छन् । उनलाई शिकार खेल्न एकदमै मन पर्छ ।

दुई घण्टाको पौडी पछि उनी पुटिन जिमखाना तिर लाग्छन् । जिममा पनि उनको लामै समय बित्ने गरेको छ । यहूदाका अनुसार पुटिन आफ्नो कट्टरपन्थी छनोटमा रूढीवादी छन् ।

राज्यद्वारा सञ्चालित एक वेबसाइटले पुटिनको मनपर्ने कपडा ब्राण्डहरूको नाम उल्लेख गरिएको छ । जसमा उनलाई किटन र बि्रयोनी मन पर्ने भनिएको छ । रूसी राष्ट्रपति सामान्यतया दिउँसो काम गर्न भ्याउँदैनन् । उनी दिनभरी नै आफ्नै शरीरको सन्तुलनको लागि नै खर्च गर्ने गर्छन् ।

आफ्नो निजी कार्यक्रम सकेपछि अपराहृन पुटिन सामान्यतया बि्रफिङग नोटहरू पढ्नको लागि आफ्नो टेबुलमा बस्ने गर्छन् । यस्तो नोटहरु घरेलु खुफिया एजेन्सीहरु, विदेशी मामिलाका रिपोर्टहरू, साथै रूसी प्रेस र अन्तराष्ट्रिय मिडियाको क्लिपहरू समेत रहेका हुन्छन् । उनीसँग सम्बन्धित र रुससँग सम्बन्धित सबै किसिमका समाचार एवं सूचनाहरु त्यतिबेलासम्म उनको टेबुलमा पुगिसकेको हुन्छ ।

पुस्तकहरुमा उनलाई साहित्यिक पुस्तकहरु खासै मन पर्दैन । उनी प्रविधि तिर खासै ध्यान दिँदैनन् । बरु उनी पुराना पुराना प्रविधिहरु, कागजातहरुको रेड फोल्डर आदिमा धेरै मन दिन्छन् । उनी राति ढिलासम्म काममा नै लागि रहन्छन् । राति धेरै काम गर्ने र दिउँसोसम्म सुत्ने भएकोले उनलाई ‘उल्लु राष्ट्रपति’ समेत भन्ने गरिन्छ ।

उनी विदेश भ्रमणमा जाँदा उनी बस्ने होटलदेखि शौचालयसम्मका सबै सामानहरु परिवर्तन हुने गर्छन् । टेलिग्राफले केही समय अघि गरेको एक रिपोर्ट अनुसार पुतिनको मनपर्ने खाना पिस्ता आइसक्रिम हो । दुई वर्ष अघिको जी-२० शिखर सम्मेलनमा उनले चिनियाँ समकक्षी शी जिनपिङलाई समेत आइसक्रिमको टब उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment