Comments Add Comment

विप्लवका स्याङ्जा जिल्ला सदस्य गोरखामा पक्राउ

१० मंसिर, गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्याङ्जा जिल्ला सदस्य सागर अर्याल पक्राउ परेका छन् ।

भीरकोट नगरपालिका–१ का ४८ बर्षका अर्याललाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका उनीबिरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी मित्रवन्धु शर्माले बताए । हाल प्रहरी हिरासतमा विप्लवका पाँच जना कार्यकर्ता रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment