Comments Add Comment

एचपीएमएफ नेपालको सहयोग

१०, मंसिर, काठमाडाैं । हस्पिटालिटी पर्चेजिङ म्यानेजर्स फोरम (एचपीएमएफ) को अन्तराष्ट्रिय स्थापना दिबसको अवसरमा एचपीएमएफ नेपालले काठमाण्डौं रानीबारी स्थित मदरल्याण्ड चाएल्ड होमलाई खाद्यान्न, तरकारी, न्यानो कपडा लगायत केहि आर्थिक सहयोग प्रदान गरेको छ |

एचपीएमएफ नेपालका अध्यक्ष कुमार कोइरालाले “हरेक बर्ष नोभेम्बेर २६ तारिक का दिनमा अन्तराष्ट्रिय स्तरमै कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउने प्रचलन रहेकोमा आफूले बालगृह छानेर सानो सहयोग गर्न पाएकोमा खुसि लागेको बताए |”

मदरल्याण्ड चाएल्ड होमकीकार्यबाहक संचालिका इन्दिरा थापाले हाल यस बाल गृहमा देशका विभिन्न ठाउँका २२ बालबालिका रहेको र सबैको भरण पोषण तथा शिक्षा दिक्षा को जिम्मेवारी आफ्नै संस्थाले लिएको बताइन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment