Comments Add Comment

नेपालमा हिमालयन रेञ्जको ब्याट बिक्री सुरु

११ मंसिर, पोखरा । पोखरामा हिमालयन रेन्ज ब्राण्डको ब्याट बुधबार सार्वजनिक गरिएको छ । राष्ट्रिय टोलीका पूर्व खेलाडी दीपेश खत्री, विधान श्रेष्ठ, गोविन प्रधान र वीरेन पुनले संयुक्त रुपमा उक्त ब्याट सार्वजनिक गरेका हुन् ।

भारतको मेरिट सहरमा उत्पादित ब्याट नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले क्रिकेट ब्याट व्यवसाय सुरु गरेको पूर्वखेलाडी दीपेश खत्रीले जानकारी दिए । उनले नेपालमा पाइने ब्याट महंगो पर्ने भएकाले सस्तो मूल्यमै गुणस्तरीय ब्याट बिक्री वितरण गर्न व्यवसाय सुरु गरेको सुनाए ।

‘नेपालमा पाइने ब्रान्डेड ब्याटको मूल्य साह्रै महंगो हुन्छ । त्यसले गर्दा कमजोर आर्थिक स्थिति भएका क्रिकेट खेलाडीले ब्याट किन्नै सक्दैनन्,’ उनले भने, ‘त्यसका लागि पनि नेपालको आफ्नै ब्रान्डको ब्याट हुनुपर्छ भन्ने आवश्यकता महसुस गरिएको हो ।’

हिमालय रेन्जले नेपालमा ४ थरी ब्याट बिक्री गर्नेछ । गुणस्तरका आधारमा यसको मूल्य ५ हजारदेखि २० हजारसम्म रहेको छ ।छ

हिमालय रेन्जले पोखराका ३ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । १९ वर्ष मुनिका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका शीला रेग्मी, श्रृष्टि पौडेल र राष्ट्रिय क्रिकेट खेलाडी अनिल गुरुङलाई ब्रान्ड एम्बेस्डर घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment