Comments Add Comment

नेपालले आउँदो भदौमा लर्डस् मैदानमा खेल्ने

११ मंसिर, काठमाडौं । नेपालले सन् २०२० को अगस्ट महिनामा इंगल्याण्डको लर्डसमा क्रिकेट खेल्ने भएको छ ।

क्रिकेटको पवित्र भूमि मानिने उक्त मैदानमा नेपालले २४ अगस्ट (२०७७ को भदौ ८ गते) मा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग क्रिकेट खेल्नेछ ।

लर्डसले हालै सार्वजनिक गरेको सन् २०२० को खेलतालिकामा नेपालले पनि एक खेल खेल्ने उल्लेख गरिएको छ । नेपालले यसअघि सन् २०१६ मा पनि लर्डस्मा क्रिकेट खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment