Comments Add Comment

प्रभु बैंक डिबेन्चरको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

११ मंसिर, काठमाडौं । प्रभु बैंक लिमिटेडको ‘प्रभु बैंक डिबेन्चर २०८४’ २ अर्ब बराबरको डिबेन्चर १०५ व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड, नक्साल काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

कूल २० लाख  कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन हुनेछ ।

उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment