Comments Add Comment

‘लभ यू हमेशा’बाट यशराजलाई आशा

भोली शुक्रबारदेखि नायक यशराज गरच अभिनित चलचित्र ‘लभ यू हमेशा’ रिलिज हुँदैछ । यो चलचित्रलाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् । नायक यशराज यो चलचित्रबाट आशावादी देखिएका छन् ।
लभ स्टोरी कथामा निर्माण गरिएको चलचित्रको लागि निर्माणटिमले मिहिनेत गरेको छ । चलचित्रको २ गीत विदेशी भूमिका गएर खिचिएको छ ।

नायक यशराज अभिनित चलचित्र ‘किर्तिपुर’ले हलमा कुनै कमाल नगरेको अवस्थामा उनका लागि यो चलचित्र विशेष हुनेछ । लभ स्टोरी कथामा बनेको चलचित्रले दर्शकलाई हाँसो, रोदन र प्रेम दिने निर्माण टिमको विश्वास छ ।

चलचित्रमा ऋचा, फिजा, शिशिर राना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment