Comments Add Comment

दशरथ रंगशालाको पुनर्निर्माण आज राति पूर्ण रुपमा सकिने

१२ मंसिर, काठमाडौं । काठमाडौंको दशरथ रंगशालाको पुनर्निर्माण बिहीबार राति सकिने भएको छ ।

भूकम्पपछि क्षतिग्रस्त रंगशाला पुनर्निर्माणको सम्पूर्ण काम बिहीबार रातिसम्म सकिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु हुनु तीन दिनअघि रंगशालाको पुनर्निर्माण सकिन लागेको हो । रंगशालाको फुटबल मैदान तयार भई नेपाली खेलाडीले प्रशिक्षण नै सुरु गरिसके पनि भीआईपी प्यारापिट निर्माणलगायतका केही कामहरु बाँकी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment