Comments Add Comment

हरिणको पेटमा कट्टु र टावेल

उत्तरी थाइल्याण्डको एक राष्ट्रिय निकुञ्जमा एउटा हरिण मृत फेला पर्यो । उक्त मृत हरिणको पेटबाट सात किलो फोहोर निकालिएको छ ।

अधिकारीहरुका अनुसार हरिणको पेटभित्र मान्छेले लगाउने अण्डरवेयर, प्लास्टिकका झोला, कफीका प्याकेट, डोरी तथा टावेलका साथै चाउचाउ र रबरका सामानहरु लगायतका चिज फेला परेका छन् ।

खुन सथान राष्ट्रिय निकुञ्जका अधिकारीहरुका अनुसार उक्त हरिणले लामो समयदेखि प्लास्टिक खाने गरेको थियो । यो वर्षको सुरुवातमा सोही निकुञ्जमा एउटा मृगको पाठो प्लास्टिक खाएरै मरेको थियो ।

पछिल्लोपटक नोभेम्बर २५ का दिन निकुञ्जमा एउटा हरिण मृत फेला परेको थियो । उक्त हरिणको उमेर १० वर्षको थियो ।

अधिकारीहरुका अनुसार अत्यधिक प्लास्टिक तथा अन्य फोहोरहरु खाने गर्नाले उक्त हरिणको अन्ननली नै बन्द भएको रहेछ । जसका कारण पेटमै पर्याप्त खानेकुरा नपुगेरै उक्त हरिण मरेको हो ।

प्लास्टिक तथा अन्य मानवजन्य फोहोरहरु खाएर हरिणको मृत्यु भएको घटना सोसल मिडियामा निकै चर्चित बनेको छ । मानिसहरुले निकुञ्जभित्रको फोहोरमैलाको आलोचना गरेका छन् । निकुञ्जमा घुम्न आउने पर्यटकहरुले अत्यधिक फोहोरमैला फाल्ने गरेका र त्यसको असर वन्यजन्तुहरुमा पर्ने गरेको छ ।

निकुञ्जमा फोहोरमैला रोक्नका लागि कडा कदम चालिने निकुञ्जले जनाएको छ ।

तथ्यांक अनुसार थाइल्याण्डमा अत्यधिक प्लास्टिक फोहोर उत्पादन हुने गरेको छ । हरेक वर्ष थाइल्याण्डमा ३५ अर्ब गोटा प्लास्टिकका झोला प्रयोग हुन्छन् ।

एजेन्सीको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment