Comments Add Comment

फेसबुक र इन्स्टाग्राम किन अवरुद्ध भयो ?

दुनियाको सबैभन्दा लोकप्रिय सोसल मिडिया साइट फेसबुक तथा फोटो शेयरिङ एप इन्स्टाग्राम विहिबार विश्वका धेरै भागमा अवरुद्ध भए । अमेरिका तथा क्यानडाका अधिकांस भाग तथा युरोप र एसियाका विभिन्न देशहरुमा यी सोसल साइट डाउन भएको डाउन डिटेक्टर नामक वेबसाइटले जनाएको छ ।

फेसबुक तथा इन्स्टाग्रामका कैयन् प्रयोगकर्ताहरुले यी प्लाटफर्मका विभिन्न फिचरहरुले काम नगरेको गुनासो गरेका थिए ।

इन्स्टाग्राम अवरुद्ध भएको रिपोर्ट गर्नेमध्ये ७४ प्रतिशतले न्यूजफिडमा समस्या आएको बताए भने १४ प्रतिशतले स्टोरिज फिचरमा तथा १० प्रतिशतले वेबसाइटमा समस्याको सामना गर्नुपरेको गुनासो गरे । त्यस्तै कतिपयले कमेन्ट गर्न तथा स्टोरी पब्लिस गर्नमा समस्या भएको बताए ।

त्यस्तै फेसबुक डाउन भएको रिपोर्ट गर्नेमध्ये ६५ प्रतिशतले लगइनमा समस्या भएको बताएका थिए भने २२ प्रतिशतले फोटो नदेखिएको बताए । त्यस्तै ११ प्रतिशतले चाहीँ फेसबुक कत्तिपनि नचलेको गुनासो गरे ।

भएको के हो ?

लाखौँ प्रयोगकर्ताले समस्या बेहोर्नुपरेको गुनासो गरिरहेपछि फेसबुक र इन्स्टाग्रामले स्पष्टिकरण दिएका थिए । फेसबुक लगइन गर्दा एउटा मेसेज देखिन्थ्यो । जसमा लेखिएको थियो, ‘फेसबुक आवश्यक मर्मतका लागि अहिले बन्द छ । केही मिनेटपछि नै तपाइँले फेसबुक पुनः चलाउन सक्नुहुनेछ ।’

त्यस्तै इन्स्टाग्रामले पनि एक ट्वीट गर्दै फेसबुक तथा इन्स्टाग्राम लगायतका फेसबुक परिवारका सोसल मिडिया एपहरुमा समस्या उत्पन्न भएको विषयमा आफू जानकार रहेको भन्दै समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको थियो ।

केही समय पश्चात् फेसबुक तथा इन्स्टाग्राम पूर्ववत् रुपमा सुचारु भएका थिए । फेसबुकले एक विज्ञप्ती मार्फत केही बेरका लागि प्रयोगकर्ताहरुले फेसबुक परिवारका एपहरु प्रयोगमा समस्या बेहोर्नुपरेको भएपनि अहिले समस्या समाधान भैसकेको र शत प्रतिशत पुनरागमन गरेको जनाएको छ । साथै फेसबुकले असुविधाका लागि माफी समेत मागेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment