Comments Add Comment

टेलिकमको अफरः १२ रुपैयाँमा रातभर कल

१३ मंसिर, काठमाडौं । शुक्रबार बेलुका टेलिकमले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा प्रेमिल स्टासटसहितको फोटो पोष्ट गर्‍यो । जसमा रातमा सस्तो दरको प्याकेज लिएर आफ्ना प्रियजनसँग अधुरा रहेका बातचित पुरा गर्न भनिएको छ । यो प्याकेज ‘अनलिमिटेड नाइट भ्वाइस’ हो ।

उसले रातभर १२ रुपैयाँमा अनलिमिटेड कल गर्न सकिने प्याकेजको प्रवर्द्धन गर्दै लेखेको छ,’ ‘ठण्डा रातमा तातो कोठाभित्र सोफामा मन्डीले बेरिएर आफ्ना निकटका र प्यारा मान्छेसँग भावनाहरु साट्नु वास्तवमै विशेष अनुभव हुन्छ ।’

यो प्याकेज अन्तरगत राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा जति मन लाग्छ उतिबेर कुराकानी गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment