Comments Add Comment

पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । १३औं साग अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार भएको समूह चरणको अन्तिम खलमा श्रीलंकालाई हराउादै पाकिस्तान अन्तिम चारमा पुग्ने चौथो टोली बन्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ३-१ सेटमा हरायो । पमकिस्तानले पहिलो सेट टाइब्रेकमा ३०-२८ ले हारको थियो । तर त्यसपछिको सेट २५-१८,२५-२०, २५-२१ ले जित्दै खेल आˆनो पक्षमा पार्न सफल भयो ।

जितपछि पाकिस्तान समूह बीको विजेता र श्रीलंका समूह उपविजेता बन्यो र

अब समूह ए को विजेता भारतले श्रीलंकासाग खेल्नेछ भने पाकिस्तानले भने बंगलादेशको सामना गर्नेछ ।

घरेलु टोली नेपाल भने समूहमा दुवै खेल हार्दै यसअघि नै बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment