Comments Add Comment

जापानका दर्शकले पुष्पसँगै हेरे ‘मारुनी’

चलचित्र ‘मारुनी’ जापानमा प्रदर्शन गरिएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो चलचित्रको प्रदर्शन गरिएको छ । चलचित्रको जापान प्रदर्शनीका लागि नायक पुष्पल खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका छन् ।

चलचित्र हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन् । चलचित्रलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् । नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई जापानका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका थिए ।

चलचित्रको शो जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन् । यसैविच, यो चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा पनि यो चलचित्रको प्रदर्शन हुन लागेको हो । यो चलचित्रमा पुष्पसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment