Comments Add Comment

उपचुनाव : सुपमा नेकपा ५ र कांग्रेस २ वडामा विजयी

१५ मंसिर, डोटी । सुदूरपश्चिमका ७ वडाध्यक्षका लागि भएको उपचुनाव नेकपाले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा विजयी भएका छन् ।

नेकपाले २०७४ सालमा जितेको एक वडा गुमाएको छ भने दुई वडा जोडेको छ । समग्रमा नेकपाले एउटा वडा थपेको छ । नेपाली कांग्रेसले दुई वडा गुमाएको छ भने एक वडा जोडेको छ । समग्रमा कांग्रेसले एक वडा गुमाएको छ ।

अछामको मेल्लेख गाउँपालिका-५ बिन्देबासीनीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार धनेशवहादुर खड्काले नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै वडाध्यक्ष भएका छन् ।

खड्काले सात सय ७८ मत प्राप्त गरे भने बोहराले पाँच सय ६३ मत पाए । २०७४ को स्थानीय निर्वाचनमा वडामा कांग्रेसका रामवहादुर बोहरा बिजयी भएका थिए ।

बोहराको २०७४ साल भाद्रमा बाजुराको प्रसिद्ध धार्मिक स्थल बडीमालिका दर्शन गरी फर्किने क्रममा निधन भएको थियो ।

बाजुराको त्रिवेणी नगरपालिका-१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा (मिलन) बिजयी भएका छन् । बुढा नेपाली कांग्रेसका उम्मेद्वार खगेन्ऽ चदारालाई २० मतले पराजित गर्दै वडाध्यक्ष भएका छन् ।

बुढाले तीन सय ६७ मत पाए भने चदाराले तीन सय ४७ मत प्राप्त गरे । कांगे्रसबाट जितेका तत्कालिन वडाध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परि मृत्यु भएको थियो ।

मेल्लेक-५ र त्रिवेणी-१ नेपाली कांग्रेसबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले खोस्न सफल भएको छ ।

डोटीको आर्दश गाउँपालिका-२ मा नेकपाका रामबहादुर बोहरा १२ मतको झिनो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वार महादेव साउँदलाई पछाडि पार्दै विजयी भएका छन् ।

बोहराले ६ सय ६८ ल्याएर विजयी भएका हुन । साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन् । नेकपाबाट बिजयी तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो ।

वडाध्यक्ष फैरु तामाङ्ग जिल्ला समन्वय समितिको प्रमुख भएपछि रिक्त भएको कञ्चनपुरको पुर्नवास नगरपालिका-३ मा नेकपाका उम्मेद्वार कृष्ण बहादुर तामाङ दुई सय १८ मतको अन्तरले बिजयी भएका छन् ।

उनले पाँच सय २८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङ्गले तीन सय १० मत पाएका छन् । फैरु तामाङ्ग नेकपाबाटै जितेका थिए ।

उपचुनाव भएका बैतडीका तीन वडामध्ये दुई वडामा नेपाली कांग्रेसले बाजी मारेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-४ मा कांग्रेसका उम्मेदवार सुरेन्ऽप्रसाद भट्ट एक सय मत अन्तरले बिजयी भएका छन् ।

भट्टले पाँच सय ८४ मत प्राप्त गरेका भने उनका निकटतम् प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टले चार सय ८४ मत प्राप्त गरेका छन् ।

नेकपाबाट बिजयी तत्कालीन वडाध्यक्ष मानवहादुर बिष्टको हृदयघातका कारण मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । यो वडा कांग्रेसले नेकपाबाट खोसेको छ ।

बैतडीकै पुरचौंडी नगरपालिका-४ मा नेकपाबाट उम्मेदवार शैलेन्ऽ धानुक एक सय पाँच मतको अन्तरले बिजयी भएका छन् ।
धानुकले ६ सय ६३ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दवहादुर धामीले पाँच सय ५८ मत पाएका छन् ।

नेकपाबाट बिजयी तत्कालीन वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी २०७६ साल असार पहिलो साता मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो ।

बैतडीकै सुर्नया गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार गजेन्ऽ बहादुर चन्द चार मतको झिनो अन्तरले बिजयी भएका छन् ।

चन्दले दुई सय १९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका धन बहादुर चन्दले दुई सय १५ मत प्राप्त गरे ।

तत्कालीन वडाध्यक्ष कलसवहादुर चन्दको २०७६ साल साउन २ गते मोटरसाईकल दुर्घटनामा मृत्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment