Comments Add Comment

सेयर बजार आधा हरियो आधा रातो, २० करोडको कारोबार हुँदा सूचक स्थिर

१५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात जम्मा ०.०७ अंकले बढेर १११२.८५ मा रोकिएको छ ।

आइतबार नेप्से परिसूचक उतारचढाव पूर्ण रह्यो । मध्य दिनमा करिब १२०९ सम्म झरेको बजार अन्त्यमा आएर स्थिर अवस्थामै बन्द भएको छ ।

अझ रोचक कुरा छ के छ भने सेयर बजार आधा हरियो र आधार रातो देखिएको छ । सेयर बजारमा कारोबार हुने १२ समूहहरु (अन्य समेत) मध्ये ६ वटा हरियाली देखिएका छन् भने बाँकी ६ वटा राताम्मे देखिएका छन् ।

दिनभर भएका कारोबार मध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह १२९.३६ अंकले सुधार भएको छ भने घट्नेमा निर्जिवन बीमा देखिएको छ । निर्जिवन बीमा समूह १९.३९ अंकले ओरालो लागेको छ ।

दिनभर भएका ३ हजार ७ सय ३४ कारोबारबाट १६१ कम्पनीका ६ लाख ७५ हजार ३८ कित्ता कारोबार भएका छन् । जस अनुसार कारोबार रकम २० करोड ६३ लाख १४ हजार ३ सय २३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

कारोबार रकमका अधारमा नविल बैंक आइतबार पहिलो स्थानमा देखिएको छ । बन्द हुँदासम्म ७ सय २३ रुपैयाँ प्रतिकित्ता रहेको नविल बैंकको दिनभरमा १ करोड ७५ लाख ८१ हजार ९ सय ८४ रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा एनएमबि बैंक दोस्रो स्थानमा देखिएको छ । यो बैंकको १७ करोड ७३ लाख २५ हजार ७ सय ४९ रुपैयाँको कारोबार भएको छ ।

१ करोड ४२ लाख ८७ हजार २ सय ५० रुपैयाँको कारोबार गर्दै कारोबारका आधारमा नेपाल लाइफ तेस्रो नम्बरमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment