Comments Add Comment

विश्व एड्स दिवस र नेपालको स्थिति

विश्वमा प्रत्येक दिन १४ हजार मानिस एचआईभी संक्रमित भएकोसम्बन्धित क्षेत्रका विज्ञहरुले औंल्याएका छन् । एचआइभी र एड्स सम्वन्धी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

अमेरिकामा सन् १९८१ मा पहिलोपटक एचआइभी संक्रमण देखिएको थियो । यसलाई सुरुवाती समयमा निकै खतरनाक रोगका रूपमा लिइन्थ्यो । किनभने, एचआइभी संक्रमितका लागि औषधिको समेत आविश्कार भइसकेको थिएन ।

अहिले विश्वभर एचआइभी संक्रमित बढिरहेका छन् । विज्ञानले यसको औषधि पनि पत्ता लगाइसकेको छ । तर, एचआइभी संक्रमितको संख्या भने दिन प्रतिदिन बढ्दो छ ।

हाल विश्वमा करिव ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । समग्रमा हेर्दा विश्वमा ३६.७ मिलियन मानिस एचआइभी संक्रमित छन् । अहिलेसम्म ३५ मिलियनभन्दा बढी मानिसको मृत्यु एचआइभीका कारण भएको छ ।

सन् २०१० सम्ममा भने २.७ मिलियन मानिस मात्र एचआइभी संक्रमित थिए । जसमा तीन लाख ९० हजार बालबालिका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआइभी संक्रमित छन् र एचआइभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन । यो हुनुको मुख्य कारणहरुमा असुरक्षित यौन सम्पर्क, संक्रमित सुई, सिरिन्जको प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआईभी/ एड्स नब्बेको दशकपछि विशेषगरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको विशेषज्ञहरु बताउँछन् ।

एक्वार्यड युमिनो डिभिसेन्सी सिन्ड्रम नामक भाइरस शरीरमा प्रवेश गरेको छ र एकदेखि तीन महिनापछि रगत परीक्षण गर्दा उक्त भाइरस देखिएमा एचआईभी पोजेटिभ भएको मानिन्छ । यसको संक्रमणले धेरैजसो १४ देखि ५० वर्षभित्रका मानिसलाई बढी प्रभावित पारेको अध्ययनहरुले देखाएका छन् ।

विश्वमा प्रत्येक चारजना एचआईभी संक्रमित मानिसमध्ये एक जना २५ वर्षमुनिका युवायुवतीहरु पर्ने गरेका छन् । उत्पादनशील, प्रजनन उमेरका मानिस प्रभावित भएकाले अहिलेकै अवस्थामा एचआईभी/एड्स फैलिने क्रम नरोकिने हो भने अबको १० वर्षमा ४० प्रतिशत उत्पादनशील जनशक्ति प्रभावित हुने, अनुमान गरिएको छ ।

त्यस्तै आगामी पाँच वर्षमा एक करोड १० लाख एशियालीहरुमा एड्सको संक्रमणमा पर्ने बताइएको छ ।

नेपालमा एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । हालसम्मको अवस्थालाई अवलोकन गर्ने हो भने ४० हजार ७२३ एचआईभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ । नेपालमा एड्ससम्वन्धी उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ ।

विशेषतः यौन व्यवसायी, ट्रक ड्राइभर, सुईबाट लागूऔषधीको प्रयोग गर्ने व्यक्तिमा संक्रमण व्यापक रहेको सर्भेक्षणहरुले देखाएका छन् । एचआइभी रोकथामका लागि सरकारले गत वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको थियो ।

छिमेकी मुलुक भारतमा काम गरिरहेका नेपाली पुरुषहरुको संख्या २० लाखभन्दा बढी भएको अनुमान गरिएको छ । कामको खोजीमा भारत पस्ने नेपालीको क्रम आउँदा वर्षहरुमा पनि बढ्दै जाने कुरामा कुनै सन्देह छैन । त्यस्ता पुरुषमध्ये धेरैजसो भारतमा एचआईभी/एड्सबाट संक्रमित भइ घरमा आएर श्रीमतीलाई सारिरहेका छन् ।

चेलीबेटी बेचविखनमा पनि भारतको मुम्बईबाट पनि एचआईभी संक्रमणको दरमा बृद्धि भएको छ । यसरी आफू एचआईभी/एड्स भएको धेरैजसोलाई ज्ञान नभएको र ती व्यक्तिमध्ये धेरैले निःसन्देह/निःसंकोच असुरक्षित यौन व्यवहारमा संलग्न भइरहेका अध्ययनमा संलग्न विशेषज्ञ बताउँछन् ।

एचआईभी/एड्स रोग बढ्ने कारणहरु गरीबी, अशिक्षा, लैगिक विभेद, चेलीवेटी वेचविखन, वेश्यावृत्ति जस्ता कुराहरुसँग सम्वन्धित हुन भारतसित रहेको खुल्ला सीमाना वसार-पसार, व्यापार, शिक्षा-आर्जन, नाता कुटुम्व भेटधाट र पर्यटन आदिका कारणले लाखौंको संख्यामा थप व्यक्तिहरु आवागमन गर्छन् । शहरमा युवाहरु वीच सुईको माध्यमबाट गरिने नशालु पदार्थको सेवन गर्नेहरुको संख्या दिनानुदिन बढ्दोे छ ।

रक्त सञ्चारसम्वन्धी र रगत जाँचसम्वन्धी गुणस्तरगुक्त सेवाहरु राजधानीबाहेक अन्यत्र शुलभ छैन । यी तथ्यहरुले अहिले नेपालको युवा जमातमा ०.२९ प्रतिशत र १५ देखि २४ उमेर समूहका नवयुवाहरुमा ०.२६ प्रतिशतसम्म रहेको अनुमान छ ।

समग्रमा भन्नुपर्दा हामीलाई विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरु खुलेर गर्न आह्वान गर्छ । तर, हामी भने वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसँग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाहँदैनांै । र, त्यसै कारणले पनि धेरै प्रकारका यौनजन्य अनि प्रजजन स्वास्थ्यका आयामबाट हामी अनभिज्ञ नै छौं ।

विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरु अपि|mकामा बसोबास गर्छन् र एड्सबाट मृत्यु हुने बालबालिकाहरु पनि धेरैजसो अपि|mकामा नै बस्दछन् । डब्लुएचओको तथ्यांक अनुसार संसारभरिमा सन् २०१५ सम्ममा ११ लाख मानिसहरुको एड्सबाट मृत्यु भइसकेको थियो भने ३ करोड ६७ लाख मानिसहरु एड्ससँग लडिरहेका छन् । यी संक्रमित मानिसहरुको उमेर १५ देखि ४९ वर्षको रहेको पाइन्छ ।

हाम्रो देशको सरकारले पनि एचआइभी संक्रमणका औषधीहरु निःशुल्क वितरण गर्ने गर्छ । त्यस्तै योसम्बन्धी रक्तपरीक्षण सेवाहरु पनि निःशुल्क प्रदान गरिरहेको छ । तर, पनि यो सबै संक्रमितहरुका लागि पर्याप्त छैन ।

एचआइभी-एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्न दाताहरूले पछिल्लो पाँच वर्षका लागि मात्रै नेपालमा ११ करोड ४७ लाख अमेरिकी डलर (रु.१० अर्ब ९ करोड) छुट्याएको आँकडाहरूले देखाउँछन् । त्यसअघि भित्रिएको रकमको लेखाजोखा छैन ।

अतः एचआईभी/एड्स अति प्रभावित देशका किशोर किशोरीहरुलाई यौनसम्वन्धी शिक्षा-दिक्षा, प्रचार प्रसार, टीभी, रेडियो, पत्रपत्रिका, गोष्ठी, सम्मेलन आदिबाट यो यस्तो किसिमको हो । यसको रोगथामका लागि यस्तो गर्नुपर्छ अहिले पीडा भोगिरहेका व्यक्तिको कथाव्यथालाई जनसमक्ष ल्याएको खण्डमा यस्तो घटनाहरु फेरि दोहोरिने सम्भावना कम हुने कुरामा विश्वास राख्न सकिन्छ ।

आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने औषधीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्यसरह सहज र लामो जीवनको सुनिश्चितता कायम गर्न सकिन्छ ।

खास गरिकन १५ देखि ४१ वर्षसम्मको उमेरका किशोर किशोरीमा भएको एचआईभी/एड्सलाई कम गर्न सकिएमा यसको सफलता पक्ष मान्न सकिन्छ ।

यसले गर्दा विश्वमा जुन किसिमको भयावह स्थितिलाई केही हदमा भए पनि घटाउन सकिन्छ । जसले गर्दा जनमानसमा पर्ने प्रभावलाई कम पार्न सक्ने कुरामा कसैको पनि दुईमत नहोला ।

( खरेल नेपाल सरकारका पूर्वयोजना अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment