Comments Add Comment

दाङ–३ (ख) मा नेकपाले मतान्तर बढायो

१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत दाङ–३ (ख)मा नेकपाकी उम्मेदवार बिमलाकुमारी खत्रीले करिब तीन हजार मतले अग्रता लिएकी छन् । आइतबार राति साढे सात बजेसम्मको मतगणना अनुसार खत्रीले १३ हजार ३४३ मत प्राप्त गरेकी छन् ।

नेपाली कांग्रेसका केशराज आचार्यको १० हजार ४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले १४८, साझा पार्टीका शिवकुमार थारुले ८९, समाजवादीका डिल्लीबहादुर डाँगीले ९८, राप्रपा (संयुक्त)का छोटुलाल थारुले समान ६७ र नेकपा मालेका हरिप्रसाद डाँगीले ५३ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर जितेका थिए । त्यतिबेला काँग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment