Comments Add Comment

विद्याको प्रतिक्रिया : मेरो जित रवीन्द्रप्रतिको सम्मान हो

फाइल तस्वीर ।

१५ मंसिर, काठमाडौं । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी भएकी छन् । जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलले भनिन्, यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् ।

उनले भनिन्, ‘जनतासँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू जान्छु र आफ्नो प्रतिवद्धता व्यक्त गर्छु ।’

पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् ।

केही छिटफुट घटना बाहेक निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले सबै दललाई धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment