Comments Add Comment

हाँडीगाउँमा सिलिण्डर पड्किँदा एक जना घाइते

फाइल फोटो ।

१६ मंसिर, काठमाडौं । खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् ।

काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका भारतीय नागरिक १८ वर्षीय प्रदीपकुमार कुशवाह घाइते भएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार घटना आइतबार रातिको हो । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment