Comments Add Comment

अब नेतृत्वकर्ता खोज्छौं : साझा पार्टी

१६ मंसिर, काठमाडौं । उपनिर्वाचनमा आफ्ना कुनै पनि उम्मेदवारले जमानत समेत जोगाउन नसकेपछि साझा पार्टीले नेतृत्वकर्ताको खोजी गर्ने प्रतिबद्धता जनाएको छ ।

उपनिर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सोमबार पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै संगठन विस्तार गर्नेछौं ।’

संगठन नहुँदा जनतालाई आफ्नो पार्टी के हो, के होइन, के गर्छ, के गर्दैन भन्ने बुझाउन नसकिएको साझा पार्टीको ठहर छ ।

‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मुलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ’ विज्ञप्तिमा भनिएको छ, ‘सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछ ।’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आइतबार उपनिर्वाचनको मत परिणामले भ्रष्टाचार, असक्षमता र देश दोहनलाई अनुमोदन गरेको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment