Comments Add Comment

कारोबार रकम बढेपनि सुधारिएन सेयर बजार

१६ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन स्थिर जस्तै देखिएको बजार लगभग सोमबार पनि उस्तै देखिएको छ ।

आइतबार ०.०७ अंकले बढेको बजार सोमबार भने ०.८६ अंकले ओरालो लागेको छ । अधिकांश उपसमूहहरु राताम्मे देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १२ उपसमूहरु मध्ये ३ वटा बढेका छन् भने बाँकी ९ वटा ओरालो लागेका छन् । हरियो देखिएका ३ उपसमूहहरु मध्ये व्यापार समूह सबैभन्दा धेरै १३.९९ अंकले बढेको छ ।

घटेका मध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स देखिएको छ । यो उपसमूहले ६४.०१ अंकले गुमाएका छन् ।

कारोबार रकममा भने सोमबार सुधार देखिएको छ । दिनभर भएका ४ हजार १ सय १३ कारोबारबाट १६४ कम्पनीका ८ लाख २६ हजार ३ सय ६८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ रुपैयाँ पुगेको छ । यस अघि आइतबार कारोबार रकम २० करोड ६० लाख रुपैयाँमा मात्रै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment