Comments Add Comment

जब भूमीलाई फ्यानले बिहेको प्रस्ताव राखे…

नायिका भूमी पेन्डेकरलाई मन पराउनेको संख्या बढिरहेको छ । बलिउडमा उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा हिट मात्र छैनन्, उनको अभिनयको प्रशंसा पनि भैरहेको छ । सायद, यही भएर होला भूमीसँग बिहे गर्न चाहने फ्यानको संख्या पनि प्रशस्त छ । हालैमात्र, भूमीलाई एक फ्यानले ट्विटरमा बिहेको प्रस्ताव राखे ।

फ्यानले लेखे–‘के छ सुन्दरी म्याम । म एक दिनपनि तपाइको तस्वीर नहेरी रहन सक्दिनँ । तपाई निकै नै प्यारी हुनुहुन्छ । तपाई साधारण यूवती भएको भए म तपाइलाई प्रपोज गर्ने थिएँ । तर, तपाई पर्नुभयो ठूलो सेलिब्रिटी । मैले जती नै प्रेम गरेपनि तपाइलाई पाउने मेरो कुनै भाग्य छैन । दुख लाग्छ ।’

भूमीले पनि फ्यानलाई निराश हुन दिइनन् । उनले जवाफ फर्काइन्–‘सेलिब्रिटी भएपनि नभएपनि कसैको पनि अहिले बिहेको चान्स छैन । तर, म तपाइलाई बारम्बार याद गर्ने बनाइरहनेछु । जति पनि संभव हुन्छ, म ठूलो पर्दामा आउनेछु ।’

भूमीले अभिनय गरेको चलचित्र ‘वाला’ हलमा चलिरहेको छ । उनले नै अभिनय गरेको अर्को चलचित्र ‘पति पत्नी और ओ’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment