Comments Add Comment

एउटै स्टेजमा राजेश, भुवन र शिव

नेपाली चलचित्र क्षेत्रमा ३ सफल नायक राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठ एकसाथ स्टेजमा देखिएका छन् ।  अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा तीन नायक एकसाथ स्टेजमा देखिएका हुन् ।

यी तिनै नायकलाई अवार्ड समारोहमा विभिन्न अवार्डबाट सम्मानित पनि गरिएको थियो । यी तिन नायकले लामो समयदेखि चलचित्र क्षेत्रमा गर्विलो स्थान बनाएका छन् ।

यतिबेला, नायक भूवन केसी चलचित्र निर्माण, निर्देशक तथा अभिनयमा व्यस्त छन् । नायक हमालले भने केही समयदेखि चलचित्रमा काम गरिरहेका छैनन् भने शिव श्रेष्ठ अभिनयमा नै व्यस्त छन् ।

यी तिन नायकले निकै कम चलचित्रमा मात्र एकसाथ काम गरेका छन् । विशेषगरि, चलचित्र क्षेत्रमा नायक राजेश हमाल र भूवन केसीलाई एक अर्काको प्रतिस्पर्धी मानिने गरिन्छ । तर, दुबै नायकले यो कुरालाई भने अस्विकार गर्दै आएका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको अवार्डमा एकसाथ उपस्थित भएर तिन नायकले माहोल नै ओझिलो बनाएका थिए । दर्शकले यी तिन नायकलाई एकसाथ चलचित्रको पर्दामा हेर्न चाहेका छन् । नायक हमाल र श्रेष्ठले भने पछिल्लो रिलिज चलचित्र ‘बागमती’मा एकसाथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment