Comments Add Comment

पाकिस्तानका प्रधानमन्त्री इमरान खान : जसले सरकारी सेवा–सुविधा त्यागे

हामीकहाँ नेता–मन्त्री भएभरको सेवा–सुविधा उपभोग गर्ने लालसा राख्छन् । काठमाडौंमै घर भएकाहरुले डेरा भाडा बापतको सुविधा लिन्छन्, रोग नै नलागेकाहरुले औषधि–उपचारको खर्च लिन्छन् । करोडौं मूल्यको गाडी चढ्छन्, विदेश सयर गरिरहन्छन् । तर, यस्ता पनि नेता–मन्त्री हुन्छन्, जो आफ्नो भोग–विलासका लागि राज्यको ढुकुटी रित्याउँदैनन् । बरु, खाइपाई आएका सेवा र सुविधा समेत त्यागेर राज्यको व्यायभार काम गराउँछन् । जनताको सुखलाई सर्वोच्च ठान्छन् । उदाहरण हुन्, पाकिस्तानका प्रधानमन्त्री इमरान खान ।

राजनीति केवल ढुंगामुडा र फोहोरी खेलबाट मात्रै सम्भव कुरा होइन । यसैको उदाहरण हुन् पाकिस्तानी प्रधानमन्त्री इमरान खान । क्रिकेटका सुपरस्टार बनेदेखि नै चर्चाको शिखरमा रहेका उनी प्रधानमन्त्री बनेपछि झनै चर्चामा छन् । उनका लोकप्रिय र देख्दै अचम्म लाग्ने निर्णयहरुका कारण उनी सधैं चर्चामा आइरहन्छन् । गहिरो आर्थिक संकटमा परेको पाकिस्तानलाई ऋण मुक्त गराउने जिम्मेवारी बोकर आएका इमरानले आर्थिक क्षेत्रको पुनरुत्थान साथै थप संकटबाट मुलुकलाई मुक्त गराउने प्रयास गरिरहेका छन् । त्यसलाई उनी नयाँ पाकिस्तानको संज्ञा दिन चाहन्छन् ।

सरकार चलाउने जिम्मेवारी पाएलगत्तै इमरानले सरकार प्रमुखको सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । अलिसान महलमा रहेका प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सारे र त्यहाँ क्याम्पस सञ्चालन गरे ।

प्रधानमन्त्रीको सुरक्षाका लागि रहेको हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी समेत लिलामीमा राखे । दुईवटा गाडी मात्रै आˆनो सचिवालयमा राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रुपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसरह सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे ।

गत सेप्टेम्बरमा इमरानले त्यस्तै अर्काे दुनियाँलाई अचम्मित पार्ने काम गरे । त्यो हो साउदीका राजकुमार सलमानको विमानमा भाडा तिरेर अमेरिका गएको कुरा । यसलाई भारतीय सञ्चारमाध्यमहरुले नकारात्मक प्रचार गरेपनि त्यो उनको अनौंठो किसिमको स्वभावको पर्याय थियो । पाकिस्तानमै पनि त्यतिबेला कतिले उनलाई बेइज्जत गर्ने प्रयास गरे । तर, त्यो उनको फजुल खर्च कम गर्ने एउटा काइदा थियो । उनी कूटनीतिक रुपमा पनि अरुभन्दा भिन्न छन् ।

यो पनि पढ्नुहोस बंगलादेशकी प्रधानमन्त्री : भान्साको काममा जाँगर चलाउने, प्याज नखाने

भारत र पाकिस्तानबीच केही समयअघि चलेको गोलाबारी हानाहानको क्रममा पाकिस्तानी सेनाले भारतीय सैन्य जहाज खसालेको थियो । आक्रमणको क्रममा भारतीय सेनाका विङ कमाण्डर अभिनन्दनलाई पनि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । तर, तिनै प्रधानमन्त्री खानको कुटनीतिक चातुर्यताले ती भारतीय सैनिकलाई बिना सर्त रिहा गरेर विश्वमा एउटा नयाँ सन्देश दिए । त्यसपछि पनि उनले पटक पटक भारतलाई शान्तिपूर्ण मार्गबाट उपचार गराउन आग्रह गर्दै आएका छन् ।

पूर्व क्रिकेटर समेत रहेका इमरान खान आफ्नो छवि र भव्य जीवनशैलीका कारण विश्वभर परिचित छन् । राजनीति र कुटनीतिमा उनी जसरी चर्चित छन् । उनको व्यक्तिगत स्वभाव पनि त्यस्तै किसिमको पाइन्छ । तर, उनको जीवनशैली भने सबै प्रशंसनीय मात्रै छैन । उनको व्यवहार र जीवनशैली उनैलाई धेरै आलोचित गराउने खालको पनि देखिन्छ । तीन विवाह र चार वटा फरक फरक किसिमको मामिला, राजनीतिक उतार चढाव बाहेक, इमरान खानको छवि विवादास्पद सेलिबि्रटीजस्तै छ । केही समय अघिमात्रै उनकी तेस्रो पत्नी बुशरा मनेकासँग पनि उनको सम्बन्ध बिग्रिएको बारे पाकिस्तानी सञ्चारमाध्यमहरुले चर्चा गरेका थिए ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

इमरानको विवाह

विवाहको मामलामा इमरान खानको शैली अरुको भन्दा भिन्न छ । उनले तीन विवाह गरिसकेका छन् । उनकी पूर्व पत्नीहरुसँग उनको सम्बन्धबिच्छेद त भइसक्यो । तर, उनीहरुबीच साथीसाथीको सम्बन्ध भने जिवितै छ । सन् १९९५ मा उनले पहिलो विवाह बेलायतकी जेमिमा गोल्डस्मीथसँग गरेका थिए । त्यो सम्बन्ध लामो समय टिक्न सकेन । विवाहको ९ वर्षपछि सन् २००४ मा उनीहरुबीच सम्बन्धबिच्छेद भयो । तरपनि उनीहरुबीच साथी साथीको सम्बन्ध भने चलिरहृयो । इमरानको जेठी श्रीमतीपट्टीबाट उनको दुई छोरीहरु सुलेमान र कासिम जन्मिएका छन् ।

सन् २०१५ मा बि्रटिस-पाकिस्तानी पत्रकार रेहम खानसँग इमरानको विवाहको खबरले सञ्चार जगतमा निकै चर्चा पाएको थियो । इमरान र रेहमले एक प्राइभेट समाहरोहमा विवाह पनि गरे । तर, यो विवाह १० महिनाभन्दा अगाडि बढ्न सकेन । आपसी बेमेलका कारण उनीहरुको सम्बन्ध पनि त्यसै बन्द भयो । उनी पहिलेदेखि नै धेरै महिलाहरुसँग सम्बन्ध जोड्न माहिर मानिन्छन् । त्यसपछि यसैवर्ष इमरान खानले प्रसिद्ध बट्टु खानदानकी बुशरासँग विवाह गरेका छन् । इमरानको खानको शपथ ग्रहणको समयमा देश विदेशका अतिथिसँगै बुशरा पनि सहभागी थिइन् ।

यो पनि पढ्नुहोस भुटानी प्रधानमन्त्रीको अनौंठो आनीबानी : बिरामी जाँच्न अस्पताल धाउने

इमरानको खानपान

उनी व्यवहार र पर्सनालिटीबकाट धेरै सोझा देखिन्छन् । इमरान खानपानमा खासै रुचि राख्दैनन् । उनलाई पौष्किताले समेत प्रभाव पार्दैन । भोक लागेको समय जे भेट्यो त्यही खाने उनको बानी छ । अन्यथा उनी भोक नलागेसम्म केही खाँदैनन् । उनी मांशाहारी हुन् । त्यसमा पनि रोस्टेड लोकल कुखुरा उनको पहिलो रोजाईमा पर्छ ।

इमरानकी दोस्रो श्रीमतीले मिडियालाई दिएको एक अन्तर्वातामा इमरान खानामा ध्यान दिँदैनन् भन्ने बाहिर आएको हो । उनी खानामा लापरवाही छन् । मुड चलेको बेला उनी आफ्नो घरेलु कामदारको घरको खाना समेत मगाएर खान मन पराउँछन् । उनी कहिलेकाहीँ खाना खान अल्छी मानेर भोकै पनि सुत्छन् ।

यो पनि पढ्नुहोस मलेसियाका प्रधानमन्त्रीको जीवनशैली : कति मितव्ययी, कति नम्र

इमरानको जीवनी

त्यसपछि उनि २००७ सालसम्म मियांवालीको तर्फबाट विपक्षी नेता रहेका थिए । २०१३ सम्म आइपुग्दा इमरानको पार्टी पाकिस्तानको दोस्रो ठूलो दल बनिसकेको थियो । २०१८ मा भएको चुनावमा इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी ले १ सय १६ सिट जितेको थियो तर उनको पार्टीको केही सांसदहरुले एक भन्दा बढी क्षेत्रबाट चुनाव जितेको कारण पार्टीले ६ सिट छोड्नु परेको थियो ।

निर्वाचन आयोगले पिटीआई ९ सिट अल्पसंख्यक र ३३ सिट आरक्षित कोटा दिएको हो । गत शुक्रबार संसदमा इमरान खानको पक्षमा १७६ मत परेको थियो । विपक्षी उमेद्वार शाहबाज शरिफले भने ९६ मत पाएका थिए । प्रधानमन्त्रीमा निवार्चित भएपछि इमरान खानले सांसदलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment