Comments Add Comment

तिनाउ मिसन र कम्युनिटीको एकीकृत कारोबार सुरु

२२ मंसिर, बुटवल । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत कारोबार आइतबारदेखि सुरु भएको छ ।

तिनाउ मिसनले कम्युनिटीलाई प्राप्ति (एक्वीजिसन) गरी तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुुरु भएको हो ।

यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक बीच मर्जर भइ गत असार ३१ गतेदेखि तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट कारोबार गरेको थियो ।

एकै क्षेत्रका विकास बैंकहरु मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्यअनुसार कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरिएको बैंकका अध्यक्ष टिकाराम घिमिरेले बताए ।

कम्युनिटी बैंक प्राप्तिपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड, निक्षेप १४ अर्ब १४ करोड, कर्जा लगानी १२ अर्व ६७ करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ६२ वटा पुगेको प्रमुख कार्यकारी अधिकृतमा प्रदीपकुमार श्रेष्ठले बताए ।

राष्ट्रियस्तरको विकास बैंक बन्ने तयारीमा रहेको बैंकले तोकिएको चुक्ता पुँजी पुर्‍याउन हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तिको विकल्प खुला राखेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment