Comments Add Comment

लिखु-ए जलविद्युत आयोजनाको सुरुङ बन्यो

२२ मंसिर, काठमाडौं । २९.४ मेगावाट विद्युतक्षमताको लिखु-ए जलविद्युत आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सवै भूमीगत संरचनाहरुको निर्माण कार्य सकिएको छ ।

लिखु ए जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगावै विद्युत उत्पादन गरी उक्तविद्युत देवीटार स्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।

लिखु नदीमा एमभी दुगड ग्रुपद्वारा प्रवर्द्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु-२ र ७७ मेगावाट क्षमताको  लिखु-१जलविद्युत आयोजनाहरु  दु्रतगतिमा निर्माण भईरहेको ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए ।

लिखु नदीमा यो ग्रुपद्वारा प्रवर्द्धित तीनवटै परियोजनाहरुको जडीत क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनामा कम्पनीले आफ्नै खर्चमा न्यूनतम २० फूट चौडा र १२ महिना नै चल्न सक्ने ढंगले १२५ किलोमिटर बराबरको सडक निर्माण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment