Comments Add Comment

सरकार असफल भइसक्यो : कोइराला

२३ मंसर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेकपाको दुई तिहाइको सरकार असफल भइसकेको बताएका छन् ।

वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको भन्दै उनले जनतालाई ठूला–ठूला सपना बाँडेर झुट्टा आश्वासन दिनमा केन्द्रित बनेको आरोप लगाए ।

‘सरकार गठन भएको दुई वर्ष वित्यो, सरकार अहिलेपनि विकास र समृद्धिको योजना विहिन छ,’ विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरागर्दै महामन्त्री कोइरालाले भने, ‘दुई तिहाइको बलियो सरकारले जनतालाई केन्द्र विन्दुमा राखेर विकास निमार्णको कुनै काम गर्न सकेन । सरकार पुरै असफल भइसक्यो।’

उनले सरकारले पानी जहाज चलाउने, रेल भित्र्याउने लगायतका ठूला विकासे योजनाको नारा जनतालाई बाँड्ने काम मात्रै गरेको बताए ।

उनले दुई तिहाइको सरकारप्रति जनताको ठूलो विश्वास रहेता पनि गरिब जनताको सपना पूरागर्न विकासप्रति सरकार उन्मुख हुनुपर्नेमा कुरामा जोड दिए ।

अर्को एक प्रसंगमा महामन्त्री कोइरालाले हिन्दुराष्ट्र आफनो एजेन्डा नभएको बताएका छन् । धर्म स्वतन्त्र हुनुपर्ने र त्यसको लागि जनमत संग्रह गराउनु पर्ने पक्षमा आफू रहेको उनले बताए ।

महामन्त्री कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment