Comments Add Comment

प्युठानका सडक कार्यालय प्रमुख घुससहित पक्राउ

२४ मंसिर, काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment