Comments Add Comment

मन्त्री ढकालको गुनासो : ‘कर्मचारी सरकारलाई भन्दा अरुलाई चित्त बुझाउन उन्मुख छन्’

२५ मंसिर, विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु सरकारलाई भन्दा अरु दातालाई नै चित्त बुझाउने तर्फ उन्मुख भएको  बताएका छन् ।

स्वास्थ्यमन्त्री बनेपछि पहिलो पटक विराटनगर आएका मन्त्री ढकालले कोशी अञ्चल अस्पतालको अनुगमनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै कर्मचारी सरकारको काममा भन्दा अरुलाई नै चित्त बुझाउन उन्मुख भएको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयभित्र बेथिति रहेको उल्लेख गर्दै विधि र काम गर्ने थिती नै ओझेलमा परेको बताए । स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा खरिदार देखि मन्त्री आफैले फाइल बोक्नुपर्ने अवस्था रहेको गुनासो गरे । ‘फाइल त सिस्टमले तलदेखि माथिसम्म जानुपर्ने हो’ उनले भने ‘तर यहाँ (मन्त्रालयमा) विधि र थिती ओझेलमा छ ।’

मन्त्रालयमा करिब १५ अर्ब हाराहारी बजेट छ । बजेट मध्ये आधा भन्दा बढी दाताको सहयोग छ । कर्मचारीमा हाजिर गर्नुपर्छ भन्ने सोच भएपनि नेपाल सरकारको काम भन्दा अरुकै अतिरिक्त काममा ध्यान दिने गरेको उनको गुनासो छ ।

अध्ययन विदाले सेवा प्रवाहमा समस्या

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारी धेरै अध्ययन विदामा बसेको बताउँदै उनले बिदाका कारण काममा प्रभाव परेको बताए । ‘वीर अस्पतालमा १४० स्टाफ नर्सको दरबन्दी र’छ,’ उनले भने, ‘ती मध्ये ४० जना जति लामो समयदेखि अध्ययन बिदामा र’छन् । एकातर्फ समायोजनले खडेरी पर्दा समस्या छ । अर्कातिर कगजमा दरबन्दी छ मान्छे छैनन् ।’ अध्ययनक लागि जाने पनि कार्यविधि बनाउन लागेको उनले बताए ।

कानून मन्त्रालयमा रहेर राम्रो काम गरेका कारण पार्टीलाई आफूलाई स्वास्थ्य क्षेत्रको विकृति सुधारका लागि जिम्मेवारी दिएको बताएका ढकालले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment