Comments Add Comment

पुसभित्रै वडा तहसम्म कमिटी गठन गर्ने नेकपा अछामको निर्णय

२६ मंसिर, अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछाम जिल्ला कमिटीले पुस मसान्तभित्र वडा तहसम्मै कमिटी गठन गर्ने निर्णय गरेको छ । यही मंसिर २३ र २४ गते बसेको सचिवालयको पहिलो तथा जिल्ला कमिटीको तेस्रो बैठकले पुस मसान्तभित्र वडा तहसम्मै कमिटी गठन गरेर पार्टी एकीकरणको कार्य टुंग्याउने निर्णय गरेको हो ।

पार्टी जिल्ला कमिटी अछामका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको जिल्ला कमिटी सचिवालय बैठकले कार्यविभाजन सहित वडातहसम्म पार्टी कमिटी गठन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । सो निर्णयलाई २५ मंसिरमा बसेको जिल्ला कमिटी बैठकले अनुमोदन गरेको छ । यससँगै पार्टी एकीकरण प्रकृया करिब टुंगिएको

नेकपा अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख हिरण्ड भट्टराईले जानकारी दिए ।

‘यसअघि मेल्लेख गाउँपालिका वार्ड नं. ६ र ७ मा गठन गरिएका टोल कमिटीहरुसँगै अब जिल्लाका ९१ वडाहरुका टोल तहसम्म पुस मसान्तसम्म कमिटी गठन गरी सक्ने निर्णय भएको छ,’ उनले भने ।

२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकीकरणबाट नेकपा गठन भएको थियो । हालसम्म राष्ट्रिय युवा संघ नेपालको मात्र जिल्ला तहसम्म एकीकरण भए पनि अन्य जनसंगठनहरुको एकीकरण प्रकृया टुंगिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment