Comments Add Comment

नागरिकता विधेयकको विरोधमा महाराष्ट्र प्रहरी महानिरीक्षकद्वारा राजीनामा

२६ मंसिर, काठमाडौं । भारतको लोकसभा र राज्यसभाबाट पारित नागरिक संशोधन विधेयकको विरोधमा एक उच्च प्रहरी अधिकारीले राजीनामा दिएका छन् । महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गरेका हुन् ।

महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।

यो पनि पढ्नुहोस भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पास, आसाम अशान्त, गुवाहाटीमा कर्फ्यु

विधेयकले निश्चित समुदायमाथि भेदभाव गरेकाले आफूले जागिरबाट स्वेच्छिक अवकाश लिएको उनले पत्रमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस भारतीय गृहमन्त्रीको दाबी- नेपालीलाई सजिलै नागरिकता मिलिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment