Comments Add Comment

प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल मंसिर २९ बाट

२६ मंसिर, काठमाडौं । सातऔं प्रधानसेनापति आमन्त्रित महिला फुटबल प्रतियोगिता यही मंसिर २९ गतेदेखि हुने भएको छ ।

नेपालका ६, भुटान र सिक्किम गरी ८ टिम सहभागी हुने प्रतियोगिताको समूह एमा त्रिभुवन आर्मी, प्रदेश १, एपीएफ, र सिक्किम रहेका छन् भने समूह बीमा प्रदेश २ प्रदेश ५, भुटान र नेपाल प्रहरी रहेका छन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुनेले एक लाख पाउनेछन् ।

उद्घाटन खेल त्रिभुवन आर्मी र प्रदेश १ बीच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment