Comments Add Comment

पत्रकार काफ्लेमाथि आक्रमण

२६ मंसिर, विराटनगर । समाचार संकलन गर्न ढिलो पुगेको भन्दै सुनसरीका पत्रकार सन्तोष काफ्लेमाथि आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष काफ्लेमाथि बिहीवार दिउँसो आक्रमण भएको हो ।

सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको समाचार संकलन गर्न ढिलो पुगेको भन्दै उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट काफ्लेको आँखामा नाकमा पनि चोट लागेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले नरेश साही ठकुरी, दीपक राई र एक महिलाललाई नियन्त्रणमा लिएको छ ।

सहकारीबाट ठगिएकाहरुले बिहीबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, पत्रकार काफ्ले ढिलो पुगेपछि विवाद गरेका थिए ।

घटनापछि नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment