Comments Add Comment

विप्लव समूहका स्याङजा इन्चार्जसहित दुई जना पक्राउ

२७ मंसिर, गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गाेरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गाेरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

पराजुली स्याङजा जिल्ला इन्चार्ज हुन् भने क्षेत्री सामान्य कार्यकर्ता रहेको उनले बताए । उनीहरु बिरुद्ध शुक्रवार सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएपसी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment