Comments Add Comment

यो हो दुनियाँकै रहस्यमय किताब, जुन अहिलेसम्म कसैले पढ्न सकेको छैन

तपाईंलाई लाग्न सक्छ कि यो दुनियाँमा मान्छेले पढ्न नसक्ने किताब त कुन पो होला र ? दुनियाँमा रहेका कुनै पनि किताब कोही न कोही मानिसले त अवश्य पनि पढ्न सक्लान् । तर वास्तविकताचाहिँ फरक रहेछ । दुनियाँमा एउटा यस्तो किताब छ, जुन अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन ।

२ सय ४० पृष्ठको यो पुस्तकलाई विश्वकै सबैभन्दा रहस्यमय किताब भन्ने गरिएको छ ।

इतिहासकारहरूका अनुसार यो किताब ६ सय वर्ष पुरानो हो । कार्वन डेटिङ्गबाट यो किताब १५ औं शताब्दीमा लेखिएको पत्ता लागेको छ । यो किताब हस्तलिखित हो । तर यसमा के लेखिएको छ र कुन भाषामा लेखिएको छ ? भन्ने कुराचाहिँ आजसम्म कसैले बुझ्न सकेको छैन ।

यो किताबलाई वायोनिक मेनुस्क्रिप्ट नाम राखिएको छ । यो किताबमा मानिस तथा रूख–बिरुवालगायतका विभिन्न चित्रहरू कोरिएका छन् । अर्को रोचक कुरा त के भने यसमा कोरिएका केही चित्रमा यस्ता रूख–बिरुवा देखिन्छन् जुन अहिलेसम्म विश्वमा कतै पनि फेला परेका छैनन् ।

इटालीका एकजना किताब बिक्रेता विलफ्रिड वायोनिकको नामबाट यो किताबको नाम राखिएको हो । उनले यो रहस्यमय किताब सन् १९१२ मा खरीद गरेका थिए ।

यो किताबमा सुरुमा धेरै पन्नाहरू रहेकोमा समयक्रमसँगै पानाहरू चुडिँदै गए र अहिले २ सय ४० पन्नामात्रै बाँकी रहेको छ ।

यो किताब कसले लेखेको हो र केबारेमा लेखिएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । यद्यपि, यसका केही शव्दहरू भने जर्मन तथा ल्याटिन भाषाका रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment