+
+

भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा एनएमबि बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १८:३५

२९ भदौ, काठमाडौं । एनएमबी बैंकले भिसा वर्ल्डवाइडसँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ ।

भिसा सँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ । जसले मुलुकमा बैंकको बजार पहुँचलाई अझ विस्तार गर्नेछ ।

यसपछि एनएमबी बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्दै बैंकको उक्त उपलब्धि बाट लाभन्वित हुन सक्नेछन् ।

यो साझेदारीले एनएमबी बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ । यो संरचनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल २०२० अभियानमा स्विफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्नेछ, जहाँ ठूलो अनुपातमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । एनएमबी बैक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएका छन् ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?