Comments Add Comment

सुझाव कार्यान्वयन नभएको परिसंघको गुनासो

Photo Credit : तस्वीर सौजन्य : उद्योग परिसंघ

२९ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि आफूहरुले दिएको सुझाव कार्यान्वयन नभएको भन्दै गुनासो गरेको छ । सरकारले ल्याएको योजना कार्यान्वयन गर्न उद्योगीहरु तयार रहे पनि सुझाव कार्यान्वयन नहुँदा समस्या भएको परिसंघको भनाइ छ ।

परिंघका अध्यक्ष सतिस मोरको नेतृत्वमा आइतबार सिंहदरबार पुगेको टोलिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई यस विषयमा ध्यानाकर्षण गरायो । मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन आग्रह गरे ।

परिसंघका अध्यक्ष मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझावअनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए ।

अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यान पुग्नु पर्ने उल्लेख गरे ।

सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा ग्यारेण्टी हुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीले पसिसंघका सुझावबारे मन्त्रालय गम्भिर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउदै जान पहल भइरहेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment