Comments Add Comment

रोनाल्डोको २ गोलमा युभेन्टसको सहज जित, इन्टर रोकियो

३० मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी ए मा युभेन्ट्स सहज जितसहित शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले उडिनेसीलाई ३–१ ले हराउँदा रोनाल्डोले सुरुवाती २ गोल गरे ।

इन्टर मिलानलाई पनि शीर्ष स्थानमा फर्कने अवसर थियो । तर अन्तिम समयमा गोल खाँदै फियोरन्टिनासँग बराबरीमा रोकिएपछि युभेन्ट्स समान अंक जोडे पनि दोस्रो स्थानमै रहन बाध्य भयो ।

दुवै टोलीले १६ खेलबाट समान ३९ अंक भएको छ ।

युभेन्ट्सलाई घरेलु मैदानमा जित दिलाउने क्रममा रोनाल्डोले खेलको नवौंं र ३७ औं मिनेटमा गोल गरे । लिओनार्दो बोनुचीले गोल गर्दै अग्रता तेब्बर पारे । इग्नासिओ पुसेट्टोले खेल अन्त्यतिर उडिनेसीका लागि शान्त्वना गोल फर्काए ।

उता बोजा भालेरोले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । निर्भारित समयस्म इन्टरले त्यो अग्रता कायम राखे पनि इन्जुरी टाइममा जोगाउन सकेन । डुसान भ्लाहोभिचले इन्जुरी टाइमा गोल गर्दै फियोरेन्टिनालाई हारबाट जोगाए ।

यस्तै रोमाले एसपीएललाई ३–१ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment