Comments Add Comment

गुफाभित्र भेटियो ४४ हजार वर्ष पुरानो पेन्टिङ

इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित एक गुफाभित्र विश्वको सबैभन्दा पुरानो भित्तेचित्र फेला परेको छ ।

गुफाभित्रको भित्तामा कोरिएको उक्त चित्र साढे ४ मिटर चौडा रहेको छ । सिङ भएको एउटा जनावर र त्यसलाई खेदिरहेको एउटा सिकारीको उक्त चित्र ४४ हजार वर्ष पहिले बनाइएको निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् ।

बुधबार विश्व चर्चित नेचर पत्रिकामा यस भित्तेचित्रसम्बन्धी विशेष शोधपत्र प्रकाशित भएको छ । शोधकर्ताहरूका अनुसार यो विश्वमा अहिलेसम्म फेला परेकामध्ये सबैभन्दा पुरानो चित्र हो ।

युरोपका गुफाहरूमा फेला परेको अहिलेसम्मको सबैभन्दा पुरानो रक पेन्टिङ्ग १४ हजारदेखि २१ हजार वर्षसम्म पुरानो छ । अहिलेसम्म प्राग ऐतिहासिक कालको सोही पेन्टिङ्गलाई विश्वको सबैभन्दा पुरानो पेन्टिङ्गको रूपमा मान्दै आइएको थियो । तर इण्डोनेसियामा ४४ हजार वर्ष पूरानो पेन्टिङ फेला परेपछि मानव जातिको कलाको इतिहास ४४ हजार वर्ष पुरानो भएको पुष्टि भएको छ ।

वैज्ञानिक अनुसन्धान अनुसार उक्त चित्र ४३ हजार ९ सय वर्ष पुरानो हो ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment