Comments Add Comment

जग्गा तथा आवास विकास संघको साधारणसभा सम्पन्न

३० मंसिर, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको १३औं साधारण सभा संघका अध्यक्ष मीनमान श्रेष्ठको अध्यक्षतामा नक्सालस्थित काठमाडौं मेरियट होटलमा सम्पन्न भएको छ । संघका अध्यक्ष श्रेष्ठले सो सभामा उपस्थित सदस्यहरुलाई स्वागत गर्दै उद्घाटन मन्तव्य दिएका थिए ।

उनले संघको पहलकदमीमा आ.व.२०७५÷७६ मा भएका कार्य तथा उपलब्धिहरुको चर्चा गर्दै संघका सामु रियल इस्टेट व्यवसायलाई दिगोरुपमा प्रवद्र्धन गर्नुपर्ने र यसलाई देशको समग्र विकासमा टेवा पुर्याउने उद्योगको रुपमा स्थापित गर्नुपर्ने चुनौती खडा भएको धारणा राखे ।

यस चुनौतीको सामना गर्न घर जग्गा कारोबार सम्बन्धी छुट्टै कानून तथा एकीकृत शहरी विकास ऐन निर्माण गर्नुपर्र्ने, विदेशीलाई अपार्टमेण्ट बिक्री गर्न पाउने सम्बन्धमा कानूनी व्यवस्था गर्नुपर्ने, रियल ईस्टेट उद्योगलाई अन्य उद्योग सरहको सहुलियत एवं सुविधा उपलब्ध गराउनु पर्ने, सर्भिस एपार्टमेण्टलाई प्रबद्र्धन गर्न यसलाई पर्यटन उद्योग सरहको सुविधाको व्यवस्था गर्नुपर्ने, सरकारी मान्यता प्राप्त रियल ईस्टेट प्रोजेक्टका हकमा हालको कर्जा र सुरक्षण बीचको अनुपातलाई बृद्धि गरी ६५ प्रतिशतसम्म पुर्याउनु पर्ने आवश्यकता औंल्याउँदै यसका लागि सम्बन्धित निकायहरुसँग समन्वय एवं सहकार्य गर्न संघका सम्पूर्ण सदस्यहरुले सक्दो पहल एवं सहयोग गर्नुपर्ने आवश्यकता बताए ।

अध्यक्ष श्रेष्ठले संघ अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त अवस्थामा पुगी सकेकोले यो व्यवसायलाई थप मर्यादित बनाउनु पर्नेमा जोड दिए । संघका महासचिव भेषराज लोहनीले संघको वार्षिक कार्य प्रगति तथा आर्थिक प्रतिवेदन प्र्रस्तुत गर्दै संघले वर्षभरी गरेको कार्यहरु बारे सभालाई अवगत गराए ।

प्रतिवेदन प्रस्तुत गर्दै महासचिव लोहनीले इतिहासको यस काल खण्डमा नेपाल जग्गा तथा आवास विकास संघले विभिन्न समस्याहरु बाबजूद उपलब्धिहरु हासिल गर्दै निरन्तररुपमा आफ्नो उद्देश्य प्राप्तिको लागि अगाडि बढ्ने प्रयत्न गरेको पनि बताए ।

कार्यक्रमको समापनमा अध्यक्ष श्रेष्ठले संघका सम्पूर्ण सदस्यहरुको सद्भाव र सहयोगले संघ यो अवस्थासम्म आएकोले सोका लागि सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सद्भाव र सहयोगका लागि आग्रह गरे ।

साथै उनले यस वर्षको प्रोपर्टी एक्स्पो–२०७६ फागुन १९ देखि २५ सम्म MICE International Service Pvt. Ltd. र Synthesis Exhibition and Events Pvt. Ltd.को संयुक्त व्यवस्थापनमा आयोजना हुने भएकोले यसलाई भव्यताका साथ सम्पन्न गर्न सबै सदस्यहरुको सकृय सहभागीता एवं सहयोगका लागि आव्हान् गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment