Comments Add Comment

फेमिली प्लानिङको कुरा कहिले गर्ने ?

विवाह अगाडि हुनेवाला दम्पतीहरुलाई विभिन्न किसिमका सल्लाह-सुझावहरु दिने गरिन्छ । अहिले त विभिन्न तालिम पनि दिइन्छ । खासगरी हुनेवाला दुलहीलाई त नयाँ वातावरणमा घुलमिल गर्नेदेखि लिएर खाना बनाउनेसम्म र श्रीमान्को घरका सबै सदस्यको मन जित्नेदेखि आफ्नो पार्टनरलाई कसरी नियन्त्रणमा राख्नेसम्मको गुरुमन्त्र दिइन्छ । त्यस्ता सरसल्लाहहरु विभिन्न मानिसहरुले विभिन्न तरिकाले दिने गर्छन् । तर, ती सबै कुराहरुमा एउटा कुरालाई बेवास्ता गरिन्छ । त्यो हो फेमिली प्लानिङको कुरा ।

किन गरिँदैन फेमिली प्लानिङका कुरा ?

-वास्तवमा हाम्रो समाजमा विवाहको अर्को अर्थ हुन्छ, बच्चा । विवाह भएपछि हरेकले खुशीको कुरा सुन्न चाहन्छ । त्यस्तो स्थितिमा फेमिली प्लानिङको बारेमा कसले सोच्ने रु

-विवाहको एक वर्षपछि खुशीको खबर सुन्न नपाउँदा मानिसहरुले विभिन्न कुराहरु गर्न थाल्छन् । किनभने हामी आमा बन्ने कुरालाई अति नै गौरबको रुपमा लिने गर्छौं ।

-आमा बन्नु नै एउटी स्त्रीको जिन्दगीको सबैभन्दा ठूलो उद्देश्य हो र यो बिना उनका अस्तित्वको कुनै महत्व नै हुँदैन भन्ने हुन्छ ।

-प्रायः आमा-बुबाले नै आफ्ना सन्तानलाई गर्भ निरोधक कुराहरु प्रयोग नगर्ने र सकेसम्म पहिलो सन्तान छिट्टो जन्माउँदा राम्रो हुन्छ भन्ने सुझाव दिन्छन् ।

-प्रायः बच्चा जन्मनुलाई मानिसहरु विवाहको सुरक्षाको रुपमा पनि लिन्छन् । यो पनि एउटा कारण हो विवाहपछि नै मानिसहरु खुशीको खबर सुन्ने पर्खाइमा हुन्छन् ।

फेमिली प्लानिङ किन आवश्यक छ ?

-हिजोआज व्यस्त तालिकाको क्रममा धेरै प्राथमिकताहरु पनि परिर्वतन हुन थाल्ोका छन् । त्यसको असर विवाह र फेमिली प्लानिङमा पनि परेको छ । त्यस्तो अवस्थामा नचाहेको गर्भ अर्थात् एक्सिडेन्टल प्रेग्नेन्सीले धेरै निर्णयहरु परिर्वतन गर्न बाध्य बनाउन सक्छ ।

-ती निर्णयहरुमा करियरदेखि फाइनान्सियल प्लानिङसम्म समावेश हुन्छ ।

-पहिलो सन्तान कहिले जन्माउने, दोस्रो सन्तानको पनि चाहना छ भने कत्तिको अन्तरालमा बच्चा जन्माउँदा कस्तो प्रकारले जिन्दगी परिर्वतन हुन्छ रु जिम्मेवारीहरु बढ्छ, काम बढ्छ, खर्च बढ्छ आदि सबै कुराहरुमा चर्चा गर्नु आवश्यक छ ।

-बच्चाको जिम्मेवारी र उसँग सम्बन्धित कामहरु दम्पतीले कसरी आपसमा बाँड्ने रु करियरलाई कसरी व्यवस्थापन गर्ने जस्ता सम्पूर्ण कुराहरुमा चर्चा गर्नु अति नै आवश्यक छ ।

फेमिली प्लानिङको चर्चा कहिले गर्ने ?

यी कुराहरुमा चर्चा कहिले गर्नुपर्छ भन्ने प्रश्न उठ्नसक्छ ।

-वास्तवमा यस्ता कुराहरुको चर्चा दम्पतीले विवाह अगाडि नै गर्नुपर्छ ।

-दुबैको के विचार छ रु कसको कतिको सहमति छ भन्ने कुरा थाहा पाउन अति नै आवश्यक छ, जसले गर्दा पछि विवाद उत्पन्न नहोस् ।

-यही योजनाको एउटा ठूलो अंग भनेको गर्भ निरोधक हो । कस्तो प्रकारको गर्भ निरोधक प्रयोग गर्ने, कसले प्रयोग गर्ने, कहिलेसम्म प्रयोग गर्ने आदि कुराहरु दम्पतीले पहिला नै निर्णय गर्नुपर्छ । पछि अप्रत्यासित रुपमा भएको गर्भधारणले धेरै योजनाहरुलाई परिर्वतन गराउन सक्छ ।

-गर्भ निरोधक फेल भयो भने दुर्घटनावश भएको गर्भधारण (एक्सिडेन्टल प्रेग्नेन्सी) का लागि पनि मानसिक रुपमा तयार हुनुपर्छ । तपाईंको करियर र फाइनान्सलाई धेरै हदसम्म त्यसले प्रभाव पार्न सक्छ । त्यसैले यो कुरामा पनि चर्चा गर्नु आवश्यक छ ।

-तपाईं परामर्शदाताकहाँ गएर पनि सल्लाह लिन सक्नुहुन्छ ।

-तर, विवाह अगाडि नै त्यस्ता सबै कुराहरुप्रति स्पष्ट हुनु आवश्यक छ । त्यसो हुँदा पछि दुवैले एक अर्कामा टीका-टिप्पणी अथवा आरोप लगाउन नपारोस् ।

स्पष्ट कुरा गर्नु आवश्यक छ

-प्रायः दम्पतीहरु विवाह अगाडि त्यस्ता कुराहरु थाहा भएर पनि बेवास्ता गर्छन् । किनभने उनीहरुलाई त्यस्तो कुरा गर्न अप्ठ्यारो लाग्छ ।

-उनीहरुलाई त्यति सानो कुराले सम्बन्ध बिग्रेला कि भन्ने पनि लाग्छ ।

-महिलाहरुलाई पनि त्यस्तो कुरा गर्न अप्ठ्यारो लाग्छ । उनीहरुलाई केटा पक्षले मर्यादाभन्दा बाहिर गएर कुरा गरेको सोच्छन् कि भन्ने डर पनि हुन्छ ।

-तर, तपाईंले आफ्नो सबै अप्ठ्याराहरुलाई छोडेर आफ्ना सम्पूर्ण शंकाहरुलाई हटाउनुपर्छ । त्यसो गर्दा पहिले नै कुरा गरेको भए हुन्थ्यो भन्ने परिस्थिति उत्पन्न हुँदैन ।

-यसो गर्दा तपाईंलाई आफ्नो भाबी पार्टनरको परिपक्वता, सोचविचार र मानसिकताको पनि अनुमान हुन्छ ।

-उ कत्तिको प्रष्ट छ र उसको सोच्ने प्रक्रिया कत्तिको स्पष्ट छ भन्ने कुरा पनि तपाईंलाई थाहा हुन्छ ।

परिर्वतनका लागि रहनुहोस् तयार

-तपाईंहरु दुबैले बच्चा भएपछि आफ्नो जिन्दगीमा धेरै कुराहरु परिर्वतन हुन्छ भन्नेतर्फ पनि चर्चा गर्नुपर्छ । किनभने एकातिर सुखको खबर हुन्छ भने अर्कोतिर जिम्मेवारी पनि थपिन्छ । त्यही अनुसार खर्च पनि बढ्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । त्यसक्रममा बच्चा जन्मिएपछि आर्थिक स्थिति नबिगि्रओस् भन्ने तर्फ पनि ध्यान दिनुपर्छ ।

-बच्चाहरुका लागि के-कस्ता बिमा योजनाहरु छन् । त्यसका बारेमा समेत जानकारी लिनुपर्छ ।

-केवल आर्थिक रुपले मात्र होइन । मानसिक तथा शारीरिक रुपमा पनि परिवर्तन आउन सक्नेतर्फ तयार हुनुपर्छ ।

-हल्का डिप्रेशन, शरीरमा परिवर्तन, जीवनशैलीमा परिवर्तन यी सबै कुराहरुप्रति पनि चर्चा गर्नु अनिवार्य छ ।

-तपाईंको यौन जीवन पनि परिवर्तन हुनेछ । जसका कारण तपाईंहरुबीच आपसी तनाब समेत उत्पन्न हुनसक्छ । त्यसकारण यसका बारेमा पनि तपाईंहरुले पहिलादेखि नै चर्चा गर्नुभयो भने र एक-अर्कालाई मनैदेखि चिन्नुभयो भने परिपक्वतालाई मनन गर्नुभयो भने भविष्यको चुनौतीहरुलाई निकै राम्ररी सामना गर्न सक्नुहुनेछ ।

-बच्चा जन्मिएपछि राति अबेरसम्म ब्युँझै रहनाले तथा शिशुलाई पूर्ण रुपले हेरचाह गर्नाले शरीर तथा मन थाक्न सक्छ र यसले तनावसमेत दिनसक्छ । जसका कारण आपसमा विवाद समेत हुनसक्छ ।

-करियरमा समेत परिवर्तन आउनसक्छ । हुनसक्छ, श्रीमान् र श्रीमतीमध्ये कुनै एकले जागिर नै छाड्ने अवस्था आउला । दुई मध्ये एकले पार्टटाइम काम पो गर्नुपर्छ कि रु यस्तो स्थिति आयो भने कसरी समाधान गर्ने भन्ने बारेमा पनि पहिलादेखि नै योजना बनाउनुपर्छ ।

-बच्चा जन्मिएको कति समयपछि पुनः करियरलाई महत्व दिनुपर्छ । कसरी बच्चालाई हुर्काउनुपर्छ जस्ता कुराहरु स-साना लाग्छन् । तर, तपाईंको सम्बन्धका लागि यी कुराहरु अति नै महत्वपूर्ण हुन्छन् ।

समयले मानसिकता पनि परिवर्तिन

के कुरा साँचो हो भने प्रकृतिले नै महिलाहरुलाई मात्र गर्भाधारणको दायित्व दिएको छ । यस्तो स्थितिमा गर्भाधारणपछि यो ठूलो समस्य हो अथवा यो बच्चा तपाईंको मात्रै जिम्मेवारी होइन भनेर सोच्नु नै गलत हुने छ । बच्चा भनेको श्रीमान्-श्रीमती दुबैको जिम्मेवारी हो । यद्यपि महिलाको शारीरिक संरचना तथा प्रकृतिद्वारा प्रदत्त दायित्वका कारण उनको जिम्मेवारी केही अलग तथा बढी हुनपुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment