Comments Add Comment

इँटाभट्टा नहटाएको विरोधमा मास्क लगाएर प्रदर्शन (फोटो फिचर)

१ पुस, काठमाडौं । चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका वासिन्दा इँटा उद्योग हटाउन माग गर्दैै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले इँटाभट्टाका कारण आफुहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इँटाभट्टा हटाउनुपर्ने माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले मास्क लगाएर प्रदर्शन गरेका थिए । उनीहरुले प्रदुषणविरुद्धको मौलिक हक कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका हुन् । इँटाभट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलीय बैठकद्वारा चन्द्रागिरी नगरपालिकाभित्रका सम्पूर्ण इँटा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरे पनि अहिलेसम्म नहटेकाले आन्दोलन गर्नुपरेको बताए ।

संयोजक घिमिरेले नगरपालिकाले इँटा उद्योग बन्द गर्न चासो नदेखाएको आरोपसमेत लगाए । चन्दागिरी नगरपालिकाभित्र १४ वटा इँटा उद्योग सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment