Comments Add Comment

कुकुर मार्नेविरुद्ध प्रहरीले उजुरी लिन नमानेको पशु अधिकारकर्मीको गुनासो

१ पुस, काठमाडौं । पशु अधिकारकर्मीहरुले कुकुर मार्ने व्यक्तिविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै गुनासो गरेका छन् ।

बालकलाई टोकेको निहुमा काठमाडौंको तिनकुनेमा कुकुरलाई अमानवीय ढंगले मारेको भन्दै पशु अधिकारकर्मीहरुले कुकुर मार्ने व्यक्तिविरुद्ध उजुरी दिन प्रहरी कहाँ पुगेका थिए ।

८ वर्षीय बालकको हातमा टोकेको भन्दै बालकका बुबा र केही सर्वसाधरणले रडले प्रहार गरी कुकुरलाई मारेका थिए । महानगरीय प्रहरी नयाँबानेरश्वरमा कुकुर मार्ने व्यक्तिविरुद्ध उजुरी दिन गएपनि प्रहरीले उजुरी लिन नमानेको पशु अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था स्पेशा नेपालका अध्यक्ष विकेश श्रेष्ठले बताए ।

तिनेकुनेको कोककोला अपार्टमेन्टमा रहेको कुकुरले कान्तिपुर अस्पतालमा उपचार गर्न आएका एक बालकलाई टोकेको भन्दै बालकका बुवा सञ्जव ओली र अन्य सर्वसाधरणले कुकुरलाई रडले हानेर मारेका थिए ।

मंसिर २१ गते शनिबार दाँतको उपचार गराउनका लागि सञ्जवले छोरालाई कान्तिपुर अस्पताल लिएर आएका थिए । सो क्रममा अस्पतालको पार्किङमा रहेको कुकुरलाई चलाउन उनका छोरा गएका थिए । त्यसै समयमा कुकुरले बालकको हातमा टोकेपछि सञ्जवले वरपरका मानिसलाई कसको कुकुर हो भनेर सोधेका थिए । सर्वसाधरणले भुसिया कुकुर भएको बताएपछि ओलीसँगै केही व्यक्तिले रडले हानेर कुकुरलाई मारेका थिए । सञ्जवले छोरालाई टोक्ने कुकुरको धनी खोजेको तर नपाएपछि नगरपालिका र प्रहरीलाई समेत खबर गरेको बताए । बालकलाई टोक्ने कुकुरको मालिक पत्ता नलागेपछि उनीहरुले उक्त कुकुर मारेका थिए ।

दुई वर्ष अघिदेखि आफनो जिमखानामा आएर बस्ने गरेको कुकुरलाई मारेर पार्किङमा छाडेर गएपछि प्रहरीलाई खबर गरेको स्थानीय सविना अपागाईंले बताइन् । घर पालुवा जसरी पालेको कुकुर मार्ने विरुद्ध उजुरी गर्न जाँदा प्रहरीले उजुरी लिन नमानेपछि सविनाले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त घटना सार्वजनिक गरेकी थिइन् ।

सविनाका अनुसार मारिएको कुकुरलाई रेविजविरुद्धको सुई समेत दिने गरिएको थियो । ‘मानिसलाई टोकेकै भरमा कुकरलाई मार्न पाइन्छ ? पशुलाई बाँच्ने अधिकार छैन ?’ सविनाले आक्रोश पोखिन् ।

कुकुरलाई निर्मम तरिकाले मारेको दृश्य सीसीटिभी फुटेजमा स्पष्ट देखिएको र सञ्जवले पनि कुुकुर मारेको स्वीकार गरेको सविनाले बताइन् । उक्त कुकुरलाई परिवार जसरी पालेको र कुकुर मार्नेलाई कारबाही हुनपर्ने सविनाको जिकिर छ ।

कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै पटकपटक महानगरीय प्रहरी नयाँबानेश्वरमा उजुरी दिन गएपनि उजुरी लिन नमानेको पशुअधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।

पशुअधिकारकर्मीहरु भन्छन्–प्रहरीले डीएसपी नभएको भन्दै उजुरी लिन मानेन । एक प्रहरी कर्मचारीले डीएसपी आएपछि उजुरी गर्न आउन भनेपछि उनीहरु गत आइतबार प्रहरी चोकीबाट फर्केका थिए । तर मगंलबार उजुरी गर्न जादाँ डीएसपी विदामा बसेको भन्दै फर्काएका थिए । महानगरीय प्रहरी नयाँबानेश्वरले कुकुर मारेको घटना ठूलो नभएको र घर पालुवा कुकुर नभएकोले उजुरी नलिएको बताएको छ ।

स्पेशा नेपालका अध्यक्ष श्रेष्ठले जनावरहरुको बाँच्न पाउने अधिकारको हनन् भएको बातएका छन् । उनले बेलाबेलामा जनावरहरुलाई निर्मम तरिकाले मारिँदा पनि प्रहरीले कुनै चासो नदेखाएको आरोप लगाए ।

कुकुर मार्नेलाई कारबाही गरिए भोलिका दिनमा जनावरमाथि हुने अमानवीय कार्य रोकिने उनको भनाइ छ ।

यो घटनामा प्रहरीले मिल्न दबाव दिएको भन्दै उनले भनिन्, ‘यो घटनाले पाठ पनि सिकाउनुपर्छ ।’
बरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले पशुपन्छीलाई निर्मम तरिकाले मारेमा ३ महिना कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था रहेको बताए । कुकुरले मान्छे टोकेको भरमा मारिनु गलत भएको उनले बताए ।

संविधानमा यस्तो छ व्यवस्था

संविधानको परिच्छेद २७ मा पशुपन्छी सम्बन्धी कसुरमा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने बुदाँ उल्लेख छ । बुँदामा भनिएको छ, कसैले कुनै पनि पशुपन्छीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानीकारणक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपन्छी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा कु्रर व्यवहार गर्न हुँदैन ।

उपदफा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

त्यस्तै सार्वजनिक स्थलमा पशु वा पन्छी मार्न नहुने उपदफा (१) यस संहिंतामा अन्य व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पनि पशु वा पन्छीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नु हुँदैन । तर परम्परादेखि नै पशु वा पन्छीको वध गर्न चली आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पन्छी मार्न बाधा पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment