Comments Add Comment

७४ वर्षका जयप्रसादको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट पर्खदै प्रहरी

१ पुस, विराटनगर । आफ्नै घरमा विभत्स अवस्थामा मृत भेटिएका विराटनगर– २ जयप्रसाद दाहालको हत्या भएको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ । काठमाडौं बसोबास गर्दै आएका ७४ वर्षका दाहाल आइतबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।

गत मंसिर २२ गते विभत्स अवस्थामा शव भेटिएपछि अनुसन्धान गरिरहेको प्रहरीले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । ग्यासको सिलिण्डर आगो लागेको अवस्थामा भेटिएको शवको घाटीमा गहिरो चोट र शव छेउमा चक्कु भेटिएको थियो ।

दाहाल मंसिर २१ गते शनिबार विराटनगर आएका थिए । पूर्वपत्रकार दाहाल विराटनगरको घर जग्गा बिक्रीका लागि भन्दै आएका थिए । दाहालको घरको रेखदेख विराटनगरका राधेश्याम दराकले गर्दै आएका थिए ।

मंसिर २१ गते शनिबार साँझ चिनजानका दराकको घरमा खाना खाएर फर्किएका दाहाललाई मंसिर २२ गते विहान दराकले नै भेट्न आउँदा ढोका नखोलेपछि छिमेकीलाई बोलाएर हेर्दा मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दराकको बयान पनि लिएको छ ।

घटना शंकास्पद भएका कारण अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताउँदै उनले अनुसन्धान गरिरहेको बताए । शवको पोष्टमार्टम रिपोर्ट केही दिन भित्र आउने उनले बताए ।

भान्सामा हुने ग्यासको सिलिण्डर ओछ्यान नजिकै भेटिनु र शवमा पनि चोट देखिएका कारण दुर्घटना नभई योजनाबद्ध रुपमा हत्या भएकाले प्रहरी स्रोत बताउँछ । करिब २० वर्षयता काठमाडौं बसोबास गर्दै आएका दाहाल कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्री गर्ने भन्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment