Comments Add Comment

लागूऔषध कोकिनसहित बोलिभियन नागरिक पक्राउ   

१ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गा रहेकी छन् ।

विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा उनको सुटकेशभित्र ३ केजी कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।

उनी फ्लाई दुबईको उडानबाट मंगलबार काठमाडौं आएकी थिइन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment