Comments Add Comment

विराटनगरमा जुत्ता मेला

१ पुस, विराटनगर । ‘स्वदेशी जुत्ता चप्पलको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित विराटनगरमा मंगलवारदेखि ‘विराट जुत्ता चप्पल मेला’ सुरु भएको छ ।

नेपाली जुत्ताघर प्रालिले विराटनगर-७ स्थित जैन भवनमा सुरु भएको मेलामा नेपाली ब्रान्डका जुत्ताचप्पल राखिएका छन ।

मेलाको उद्घाटन गदै प्रदेश १ सरकारका उद्योग, पर्यटनमन्त्री जगदिश कुसियतले स्वेदेशी उत्पादनहरुको प्रबद्धनका लागि आम नेपाली उपभोक्ताले स्वदेशी उत्पादन प्रयोगमा गर्नेे संस्कारको विकास गर्न आवश्य रहेकोमा जोड दिए ।

मन्त्री कुसियतले भने, ‘हामी नेपालीहरु पहिला देश्ा, अनि विदेशको भावना बोकेको खण्डमा मात्र मुलुक स्वदेशी उत्पादनले आत्मानिर्भर बन्न सक्छ । त्यसका लागि नेपाली उपभोक्ताले स्वदेशी बस्तु लगाउने प्रतिबद्धता गदै पूरा गर्न आवश्य छ ।’

नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले स्वदेशी जुत्ता व्यवसायीहरुले एउटै छानामुनि आफ्ना उत्पादनको प्रबद्धनका मेलाको आयोजना गरिएको बताए ।

अध्यक्ष उपाध्यायले नेपाली बजारमा मागको ६० प्रतिशत जुत्ता-चप्पलको स्वदेशी उत्पादनका उद्योगले आपुर्ति धान्न सक्ने अबस्थामा रहेको जानकारी दिए । उनले स्वदेश उत्पादन गर्ने करिब १५ सय उद्योगमा अहिले १७ अर्ब लगानी रहेको दाबी गरे ।

अध्यक्ष उपाध्यायले अहिले वार्षिक ७ करोड वरावारको कारोबार रहेकोमा ४ करोड बराबरका स्वदेशी उत्पादनका जुता बजारमा आपूर्ति गर्ने गरेको जानकारी दिए ।

आयोजक नेपाली जुत्ता घरका अनुसार दुई सातासम्म चल्ने मेलामा ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल एकै ठाउँमा हेर्न र खरिद गर्न सकिने बताइएको छ । मेलामा १०० रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मको जुत्ता रहने उल्लेख छ ।

मेलामा शिखर सुज, वीएफ डियर हिल सुज, रन सुज, शु लैन्ड, लैन्ड वाक, हाइलाइफु सुज र स्लिपर ब्रान्डका जुत्ताचप्पल स्टल राखिएका छन ।

हरेक खरिदमा १५ देखि ६० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको मेलामा ५० हजार जोर जुत्ताको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, मेलामा एक लाख ५० हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment