Comments Add Comment

२८ वर्षमा सिधा उभिए ‘फोल्डिङ म्यान’

फोल्डिङ म्यानको नामबाट चर्चित ली हुआ नामका एकजना पुरुषलाई २८ वर्षपछि सिधा उभिने सौभाग्य मिल्यो । सन् १९९१ देखि उनको जिउ यतिधेरै कुप्रिएको थियो कि उनको अनुहार घुँडामाथि टाँसिएको थियो र ढाड पूरै मोडिएको थियो ।

चीनको हुनान प्रान्तस्थित योंगझोउ सहरमा बस्ने ली लाई एंकिलजिंग स्पान्डिलाइटिस नामको दुर्लभ रोग लागेको थियो । जसका कारण कम्मरको ढाँड पूरै बांगियो र अनुहार नै जाँघमा टाँसिने गरी कुप्रिन पुगे । उनको जिउ यसरी मोडियो कि उनको नाम नै फोल्डिङ म्यान रहन गयो ।

ली सँग उपचारका लागि पैसा पनि थिएन जसका कारण उनले निकै दुखकासाथ जिन्दगी गुजारिरहेका थिए । अझ पछिल्लो पाँच वर्षदेखि त उनको अवस्था निकै नाजुक भयो । अन्ततः उनका आफन्तहरुले शेन्जेन विश्वविद्यालय जनरल अस्पतालको स्पाइनल सर्जरी विभागका डाक्टरसँग भेट गराए उनलाई । अस्पतालमा उनको चारपटक शल्यक्रिया भयो र अन्ततः उनको बांगिएको ढाड सिधा बनाउन डाक्टरहरु सफल भए ।

उनी अहिले सिधा उभिन सक्ने भएका छन् तरपनि उनी पूर्णरुपमा निको हुनका लागि थप ३ महिना लाग्नेछ । त्यसपछि उनी आफै हिँडडुल गर्न सक्नेछन् ।

स्मरण रहोस् एंकिलोजिंग स्पान्डिलाइटिस एक दुर्लभ प्रकारको बाथरोग हो । जिनमा गडबडीका कारण यो समस्या देखा पर्दछ । यसले पिठ्यूँको हड्डी बांगिने र मोडिने हुन्छ भने गर्धन कडा बन्दछ । हड्डी खराब हुने र सरीरमा अतिरिक्त क्याल्सियम उत्पादन हुन्छ र अनावश्यक ठाउँमा समेत क्याल्सियम उत्पादन हुन्छ । यसरी पिठ्यूँको हड्डी मोडिने प्रक्रियालाई किफोसिस भनिन्छ । अमेरिकामा यो रोगबाट करीब १६ लाख मानिस प्रभावित भएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment